नेपाली बजारमा टीभीएस म्याक्स सेमी ट्रेल १२५ सीसी मोटरसाइकल उपलब्ध
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार २३:५९:४०
१४ पुष, कास्की । टीभीएस मोटरसाइकलको नयाँ ब्राण्ड पोखराबाट सार्वजनिक गरिएको छ । हालै पोखराको क्रिकेट मैदानमा सम्पन्न पीपीएलको अन्तिम चरणको खेल पश्चात् उक्त मोटरसाइकलको सार्वजनिकीकरण गर्दै मोटरसाइकल बिक्री प्रारम्भ भएको जानकारी गराइएको हो ।
कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं हाल पीपीएल च्याम्पियन टीम चितवन राइनोजका कप्तान पारस खड्काले संयुक्त रुपमा टीभीएस म्याक्सलाई सार्वजनिक गरेका हुन् । सोही समारोहमा मोटरसाइकल सार्वजनिक गर्दै चितवन राइनोजका कप्तान पारस खड्काले टीभीएसका मोटरसाइकलहरु नेपालको परिप्रेक्ष्यमा अत्यन्त सान्दर्भिक भएको बताए ।
टीभीएस टु ह्वीलर अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त मोटरसाइकल हो । विभिन्न सीसी क्षमता तथा डिजाइनमा उपलब्ध हुँदै आएको टीभीएसका मोटरसाइकलहरु नेपालमा पनि अत्यन्त लोकप्रिय छन् र नेपालको लागि टीभीएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. रहेको छ । कम्पनीले टीभीएस ब्राण्डको एक अर्को श्रृंखला टीभीएस म्याक्स सेमी ट्रृेल १२५ सीसीको बिक्री शुभारम्भ गरेको छ ।
कम्पनीका अनुसार यो मोटरसाईकलको विशेषता अफ् रोड टायर, हाई ग्राउण्ड क्लेरेन्स्, बाक्बोन च्यासिस, सिरीज स्पिङ्ग टेक्नोलोजी हो जसले बाटोघाटो जस्तै अवस्थाको भएपनि चलाउनेलाई यही समूहको अन्य मोटरसाइकलमा जस्तो ढाड दुख्ने समस्याले पिरोल्दैन भनें जति नै लामो समय चलाएपनि थकाई लाग्ने हुँदैन । यही कारणले नेपालको अवस्थालाई मध्यनजर राखेर जगदम्बा मोटर्स प्रा.लि.ले टीभीएस ब्राण्डको यो नयाँ १२५ सीसीको म्याक्स मोटरसाइकल उपलब्ध गराएको दावी गरेको छ ।
टीभीएस म्याक्स सेमी ट्रृेल मोटरसाइकलको निर्माण अत्याधिक पावर दिने गरी, सबैभन्दा बढी सुविधा मिल्ने गरी र अत्याधिक माइलेज प्रदान गर्ने गरी गरिएको बताइएको छ । यसले गर्दा मोटरसाइकल बजारमा उपलब्ध अन्य मोटरसाइकलहरुको तुलनामा यो अत्यन्त शक्तिशाली, लागत बचत, अधिक मजबुत लगायत अन्य थप विशेषताहरुले भरपूर रहेको कम्पनीको दावी छ । साथसाथै यसमा १२५ सिसिको इको सफ्ट इन्जिन जडान गरिएको छ भनें यसको इन्धन ट्याँकीमा १४.५ लिटर भर्न सकिन्छ, जसको कारणले अत्याधिक माइलेजका साथ पर्याप्त सवार गर्न सकिन्छ ।
यो टीभीएस म्याक्स सेमी ट्रेल देशभर रहेका टीभीएस शो रुमहरुमा उपलब्ध गराइएको छ र हाल यसको बजार मूल्य रु.२,३९,९००÷ कायम गरिएको छ । बिक्रीपछिको सर्भिसको लागि पनि सेवा उपलब्ध रहेको कम्पनीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार