वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख
नेपालबहस संवाददाता
पुस १४, २०७६ मंगलबार १:३६:१८
१४ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाए ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सीमा अतिक्रमणबारे उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन आइतबार सिंहदरबार जानेक्रममा आफूहरुलाई पक्राउ गरिएकामा आपत्ति जनाए ।
रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने भनेर समय लिएर नै आफूहरु त्यसतर्फ गएको उनको भनाई छ । प्रहरीले ‘माथिको आदेश’ भन्दै आफूहरुमाथि धरपकड गरेको बताउँदै उनले अन्धाधुन्द लाठीजार्च गर्दा आफूहरुतर्फका ८ जनाभन्दा बढी नेता–कार्यकर्ता घाइते भएको दाबी गरे । उनले नेपालको सीमा मिचिएको विषयमा नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले आफ्नो तहमा वार्ता गर्नुपर्ने जिकिर गरे ।
उनले नेपाललाई विदेशीको रणभूमि हुनबाट जोगाउनुपर्नेमा जोड दिए । सबै नेपाली एकजुट भएर लागे कालापानीबाट भारतीय सेना हटाउन सकिने उनले उल्लेख गरे । गजुरेलसहित क्रान्तिकारी माओवादीका केही नेता–कार्यकर्तालाई प्रहरीले आइतबार सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो । सोमबार बिहान उनीहरुलाई छाडिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार