घुस लिएको अभियोगमा सिडियो पक्राउ
नेपालबहस संवाददाता
पुस १५, २०७६ बुधबार २:७:२२
१५ पुस काठमाडौं । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले रिजाललाई आज पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेको छ ।
भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकामा आज रिजाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
यस्तै आयोगले आजै ३ नम्बर नापी गोश्वारा कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत शम्भुप्रसाद शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँको कित्ता नम्बर २३७ को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई भ्रष्टाचार गरेको पाइएको छ ।
सरकारी मूल्याङ्कन पुस्तिकामा रु ६ लाख ७५ हजारका दरले रु चार लाख १२ हजार ६३७ मूल्य पर्ने जग्गा गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेको छ ।
सो कार्यमा तत्कालीन नापी प्रमुख शर्मा, मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रञ्जित समेतको मिलेमतो देखिएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार