अंग्रेजी नयाँ वर्ष २०२० : विश्वभर भव्य रुपमा स्वागत
नेपालबहस संवाददाता
पुस १६, २०७६ बुधबार १२:२४:५९
१६ पुस काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई नेपाल, भारत, न्युजिल्याण्ड, अमेरिका र अस्ट्रेलिया लगायत विश्वभर भव्य रुपमा स्वागत गरिएको छ।
सन् २०१९ लाई बिदा गरी नयाँ वर्ष २०२० को आगमनलाई अक्ल्याण्ड र सिड्नीका स्थानीयले एकै ठाउँमा भेला भइ आतिसबाजीका साथ हर्षोल्लासपूर्वक मनाइरहेका छन्।
अस्ट्रेलियाको ओपेरा र हार्बर हाउसमा नयाँ वर्षको स्वागतमा करीब २० लाख मानिसहरु जम्मा भएर खुसियाली मनाएको मिक फुलरले बताएका छन्। यस्तै सिड्नीका मेयर क्लोभर मुरेले शुभ वालटनले अस्ट्रेलिया लगायत विश्वभरका मानिसहरुलाई नयाँ वर्ष २०२०को शुभकामना दिएकी छन्।
यस्तै अंग्रेजी नयाँ वर्षलाई न्यूजिल्याण्डमा पनि मानिसहरु भेला भएर आतिसबाजीका साथ स्वागत गरेका छन्। विश्वभरका मानिसहरु आ-आफ्नो देशका मुख्य शहरहरुमा नयाँ वर्ष २०२० लाई उमङ्ग र हर्षोल्लासका साथ स्वागत गरेका छन्।
यस्तै जापान, दुबई, मस्को र लन्डनसहित लामो समयसम्म एक्लो बनेको याङ्गोनले पनि यस्तै कार्यक्रम आयोजना गरी नयाँ वर्षको आगमनलाई स्वागत गर्नेछन्। कुनै देशमा मध्यरातबाट सुरु हुने नयाँ वर्षका लागि मानिसहरु भेला भएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार