नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान
नेपालबहस संवाददाता
पुस १६, २०७६ बुधबार १९:४१:११
१६ पुस काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष ‘युनिसेफ’ नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका लागि हाम्रा आशा र आकाङ्क्षाबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर रहेको जनाउँदै युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भने, “पात्रोमा जनवरी फर्किदैं गर्दा हामीलाई जीवनको यात्रा शुरु गरेका हरेक बालबालिकाको उनीहरुलाई दिने अवसर र त्यसले दिने भविष्यको सम्भावनालाई सम्झाउँछ ।”
प्रशान्त क्षेत्रको फिजीले सन् २०२० को पहिलो शिशु प्राप्त गरेको छ भने संयुक्त राज्य अमेरिकाले नयाँ वर्षको दिनको अन्तिम शिशु प्राप्त गर्नेछ । संसारभर, आज जन्मिने आधाभन्दा धेरै शिशु बढी सङ्ख्याका आधारमा क्रमशः भारत, चीन, नाइजेरिया, पाकिस्तान, इण्डोनेशिया, संयुक्तराज्य अमेरिकालगायत छन् ।
संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ ।
ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् ।
सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो । युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न अह्वान पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार