गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि बस्ने
नेपालबहस संवाददाता
पुस १६, २०७६ बिहिबार ४:२२:४७
१६ पुस पोखरा । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए।
नवलपरासी बर्दघाट सुस्त पूर्वस्थित धवादी फलाम खानीमा प्रदेश सरकारले तीन प्रतिशत शेयर खरिद गर्ने र सोही बराबर हिस्साबापत १२ करोड लगानी गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ । बैठकले फलाम खानीमा थप ४८ करोड शेयर लगानीका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निर्माणसम्बन्धी विधेयक २०७६ को मस्यौदा तयार गर्न सैद्धान्तिक स्वकृति दिने निर्णय गरेको बताउँदै उनले प्रदेश सरकार गठनसँगै सरकारका कार्यालयहरुको भौतिक व्यवस्थापन विषय संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले निर्माण मापदण्ड राख्नुपर्ने विधेयक बनाउन लागिएको बताए ।
यसैगरी बैठकले प्रदेश सिँचाइसम्बन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागिसमेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसअघि प्रदेशसभाका सम्पन्न चारवटा बैठकले विभिन्न ३० वटा विधेयक पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार