बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट,आईजीपीले पाए १० हजार रुपैयाँसहित प्रशंसापत्र
नेपालबहस संवाददाता
पुस १७, २०७६ बिहिबार २१:५७:३२
१७ पुष, काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७४/०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कारसहित प्रंशासापत्र प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको आ.व. २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्यौट गरी बेरुजु फछर्यौट मुल्याङ्कन तथा अनुगमन समितिको सिफारिस बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा गत आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
बाँकेमा २ सय १६ जना नौ महिनाको अवधिमा पक्राउ
बैशाख ४, २०८१ मंगलबार
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवाका लागि सिफारिस, प्राविधिकतर्फ एसएसपी अर्याल र गुरुङ
बैशाख ४, २०८१ मंगलबार
रास्वपाको फ्रेम भित्र नयाँ भ्रष्टाचार !
विनोद त्रिपाठी
बैशाख २, २०८१ आइतबार
दूषित राजनीति संग्ल्याउन अब डा. शेखर नेतृत्वमा सरकार !
यज्ञप्रसाद भट्टराई
बैशाख २, २०८१ आइतबार
कुनै विधि काम नलाग्ने भएपछि पदबाट राजीनामा दिने मनस्थितिमा गृहमन्त्री लामिछाने
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
बैशाख ४, २०८१ मंगलबार
म्याक्सवेलले लिए आइपीएलबाट अनिश्चितकालीन विश्राम
बैशाख ४, २०८१ मंगलबार
१ लाख ५० हजार घुसले पोखरा महानगरका दुई इन्जिनियर र एक बिचौलिया परे खोरमा
बैशाख ५, २०८१ बुधबार
सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगप्रति निगरानी बढाइने
बैशाख ५, २०८१ बुधबार
आज रामनवमी पर्व, सरकारले दियो सार्वजनिक विदा
बैशाख ५, २०८१ बुधबार
समूह विजेता नेपालले आज पहिलो पटक साउदी अरेबियासँग खेल्दै
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार