आलमको मुद्दा पर्सामा सार्ने कि नसार्ने ?
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १४:४८:४२
१८ पुस वीरगन्ज । पुर्पक्षका लागि कारागारमा रहेका रौतहटका मोहमद अफताव आलम प्रतिवादी रहेको कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगको मुद्दा पर्सामा सार्ने नसार्ने किनारा आगामी २ माघमा मात्र लाग्ने भएको छ ।
रौतहट जिल्ला अदालतमा सो मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीका तर्फबाट नारायणसिंह राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाइ सार्न चाहेको विषयमा बिहीबार सार्ने नसार्ने किनारा लाग्न नसकेको हो ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले बिहीबार सो मुद्दा पर्सामा स्थानान्तरण हुने नहुनेबारे ११ जना कानुन व्यवसायीको बहस सुनुवाइ गरेको थियो ।
अदालतमा प्रतिवादी अफताव आलमले पनि रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही गर्न दिएको आदेश मेरो हकमा ठीक भएन भनी निवेदन दिएका थिए । सो निवेदन उपर पनि गत १० पुसमा रौतहट जिल्ला अदालतको थुनछेक आदेशउपर यस अदालतमा दिएको निवेदन सम्बन्धित सक्कल मिसिल साथै राखी कैफियत प्रतिवेदन गर्नु भन्ने आदेश छ ।
सो आदेशमा हालसम्म उक्त प्रतिवेदन एवं सक्कल मिसिल प्राप्त नभएकाले सो आदेशको कैफियत र सक्कल मिसिल अगामी २९ पुससम्म प्राप्त गरिसक्ने गरी कार्य गर्नु भनी आजको आदेशमा उल्लेख पनि भएको छ ।
मुद्दा सार्न खोजिएको प्रमुख कारण भने साक्षी सुरक्षालगायतमा असर पर्ने भन्दै पर्सामा मुद्दा सारी यहीँबाट स्वच्छ सुनुवाइ र न्याय सम्पादनका लागि माग भएको छ । सुनुवाइमा सम्भवतः नेपालको इतिहासमा नै कानुन व्यवसायीको बहसको पनि रेकर्ड गरी सुनुवाइ भएको छ । राजधानी दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार