बिरामी बोक्ने एम्बुलेन्स छैन, नेतालाई ४० लाखको गाडी
नेपालबहस संवाददाता
पुस १८, २०७६ शनिबार २:२३:५८
हुमाकान्त पोखरेल / रासस
१८ पुस तम्घास । गाउँका कोही बिरामी परे कि त भाडाकै गाडी खोज्नुपर्छ, कि त शान्तिपुरबाट एम्बुलेन्स मगाउनुपर्छ । नियमित चल्ने सवारीसाधनमा अक्सिजन हुँदैन । शान्तिपुरबाट एम्बुलेन्स आउन डेढ घण्टा कुर्नुपर्छ । जसले गर्दा बिरामीहरुलाई निकै समस्या पर्ने गरेको छ ।
यो समस्या गुल्मीको सत्यवती गाउँपालिकाका नागरिकले खेप्दै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको दुई वर्ष भइसक्दा पनि जनप्रतिनिधिले आफ्ना नागरिकका लागि एम्बुलेन्स खरिद गर्न सकेका छैनन् ।
सत्यवती गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सातवटा स्वास्थ्य चौकी र छ वटा सामुदायिक स्वास्थ्य केन्द्र गरी कूल १४ वटा स्वास्थ्य संस्था छन् । तर तीमध्ये कुनैमा पनि एम्बुलेन्स नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्यबहादुर रानाले बताए । कोही बिरामी परे ‘लोकल’ गाडीमा बढी भाडा तिरेर पठाउनुपर्ने बाध्यता रहेको रानाले सुनाए । अधिकांश बिरामीहरु स्थानीय गाडीमा जाने र अत्यावश्यक परे मजुवा तथा शान्तिपुरबाट एम्बुलेन्स बोलाउने गरिएको उनले जानकारी दिए ।
जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र जिल्लाकै उत्कृष्ठ स्वास्थ्य केन्द्रअन्तर्गत पर्दछ । जिल्लामै पहिलो पटक सर्पदंशको जाँच तथा डेङ्युको परीक्षण जुहाङ्गमा हुन्छ । त्यसका साथै ५८ प्रकारका निःशुल्क तथा अन्य सःशुल्क गरी झण्डै ८० प्रकारका सेवा केन्द्रले प्रदान गर्छ तर हालसम्म पनि संस्थाको एम्बुलेन्स नहुँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ । “गाउँपालिका र मन्त्रालयमा धेरै पटक धाएँ, तर उपलब्धि शून्य छ ।” केन्द्रकी प्रमुख डा शिला ढकालले भने, “गाउँबाट केन्द्रसम्म ल्याउने र यहाँबाट रिफर गर्नुपर्ने बिरामीलाई निकै समस्या परेको छ ।”
सत्यवती गाउँपालिकाले गत आर्थिक वर्षमा लु१झ ४३९ नम्बरको डबल क्यापसहितको स्कार्पियो किन्यो । कूल रु ४० लाख एक हजार १७२ मा किनेको एसीसहितको स्कार्पियोमा गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललगायत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले रजाई गर्छन् तर जनताको करबाट नेतालाई गाडी किन्दा नागरिकलाई भने एम्बुलेन्ससम्म पनि खरिद गरिएको छैन ।
यस सम्बन्धमा गाउँपालिका अध्यक्ष ढकालले गत वर्ष एम्बुलेन्सको लागि गाउँपालिकाले १२ लाख छुट्याए पनि महेन्द्र कम्पनीको एम्बुलेन्स बन्द भएको कारण ल्याउन नपाएको बताए । “पहाडी संरचनाले गर्दा अन्य गाडी चल्दैनन्, भएका दुईवटा टाटा कम्पनीका एम्बुलेन्स काम नलाग्ने भए ।” उनले भने, “बलियो गाडी खोज्दा ढिलाइ भएको छ ।” यो वर्ष प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिएकोले एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले रु छ लाख विनियोजन गरेको ढकालले बताए । तर, प्रदेशले सहयोग नगरेको खण्डमा अन्य आयोजनाको रकमबाट रकमान्तर गरेरै भए पनि यो वर्ष एम्बुलेन्स किन्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
नगर अस्पतालमा अब चौबीसै घण्टा डाक्टर सेवा उपलब्ध
चैत २७, २०८० मंगलबार
साढे दुई अर्ब लागतमा कटहरीमा अस्पताल बन्दै
चैत २६, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार