यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार १५:४९:५५
१९ पुस रुकुमपूर्व । रुकुम ‘पूर्व’ मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी आएको छ । जिल्लाको आलु खानको लागि निकै स्वादिष्ट पनि हुने गरेको छ । मानिसले प्राङ्गारिक मलको प्रयोग गर्ने र अर्गानिक आलु उत्पादन गर्ने गर्छन् ।
गत वर्ष १५ क्विन्टल आलु उत्पादन गर्न सफल भएकोमा यस वर्ष भने मुस्किलले त्यसको आधा मात्रै आलु उत्पादन भएको पुथाउत्तरगङ्गा गाउँपालिका–२ का कृषक माया पुनले बताए । उनीजस्तै वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउदा चिन्तित छन् ।
उनले गत वर्ष तीन क्विन्टल आलु उत्पादन गरेका थिए । यस वर्ष भने एक क्विन्टल मात्र आलु उत्पादन भएको उनको भनाइ थियो । पुथाउत्तरगङ्गा गाउँपालिकावासीको लागि आलु मकै पछिको दोस्रो प्रमुख बाली हो । यस वर्ष मकै उत्पादनमा वृद्धि भएको तर आलु उत्पादनमा भने कमी आएको स्थानीय बताउँछन् ।
उक्त ठाउँमा आलु उत्पादनमा वृद्धि हुँदा मकै उत्पादनमा कमी आउने र मकै उत्पादनमा वृद्धि हुँदा आलु उत्पादनमा कमी आउने गरेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका कर्मसाही घर्तीले बताए। उनका अनुसार वडा नम्बर १ मैकोटमा गत वर्षमा एक हजार ५०० क्विन्टलदेखि दुई हजार क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने १ नम्बर वडामा मुस्किलले ८०० देखि लिएर एक हजार क्विन्टल मात्र आलु उत्पादन भएको छ ।
यस वर्षमा आलु उत्पादनमा कमी मात्र नभई आलुको दाना पनि सानो फलेको कृषकले बताएका छन् । प्रतिकूल मौसम, प्राविधिक ज्ञानको कमी, माटो परीक्षण नगरी खेती गर्नेलगायतका कारणले आलु उत्पादनमा कमी आएको हुनसक्ने कृषक बताउँछन् ।
गाउँपालिकावासीले मकै पछिको दोस्रो प्रमुख बालीको रुपमा आलुलाई मान्ने र उत्पादन पनि धेरै गर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए । आलु उत्पादनलाई निरन्तरता दिन र कृषकको समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राविधिकको पनि व्यवस्था गर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार