कमाण्डरको अन्त्येष्टिमा हजारौँ इराकी सहभागी
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार २०:३९:४१
१९ पुस एजेन्सी । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।
बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौँ सहभागी भएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारवाहीका क्रममा उनीहरु मारिएको बिहीबार राती पुष्टि गरेको थियो ।
अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएको हो ।
वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन् । इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ठूलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार