नेपाली कामदार जापानमा लैजान छनोट प्रक्रिया सुरु
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १४:१६:१७
२० पुस काठमाडौं । जापानी सरकारका तर्फबाट जापान फाउन्डेसनले जनवरीमा १ हजार र आगामी मार्चमा १ हजार ३ सय नेपाली कामदार लैजान छनोट प्रक्रिया सुरु गरेको छ । जापानले दुई हजारभन्दा बढी नेपाली कामदार लैजान यही सातादेखि छनोट प्रक्रिया सुरु गरेको हो ।
फाउन्डेसनले सूचना जारी गरी कामदार छनोटका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार फाउन्डेसनले पहिलो चरणमा एक हजार कामदार छनोट गर्न जनवरी ७–८, १४–१६, २१–२३, २८–२९ तारिखमा भाषा परीक्षा लिनेछ।
दोस्रो चरणमा १ हजार ३ सय कामदार छनोट गर्नआगामी मार्च ३–५, ९–१२ र १५–१९ तारिखमा भाषा परीक्षा लिइने सूचनामा उल्लेख छ। फाउन्डेसनले परीक्षा शुल्क २५ सय रुपैयाँ तोकेको छ। फाउन्डेसनले कम्प्युटरमा आधारित प्रणालीबाट लिखित, सीप परीक्षणलगायत परीक्षा लिनेछ।
परीक्षार्थीले साधारण बोलीचाली तथा प्रस्तुति, जापानी भाषा सुनाइ र पढाइमा उत्तीर्ण हुनुपर्नेछ। दैनिक जीवनमा आइपर्ने कामका लागि जापानी भाषा सहजै बुझ्ने, बोल्ने र लेख्न सक्ने तथा आफ्नो र वरिपरिको परिस्थितिबारे जापानी भाषामा अभिव्यक्त गर्न सक्ने हुनुपर्ने सूचनामा उल्लेख छ। २ सय ५० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन न्यूनतम २ सय अंक ल्याउनुपर्छ।
नेपाली नागरिकता, राहदानी वा सवारी चालक परिचयपत्र पेस गरेर भाषा परीक्षामा सहभागी हुन सकिने सूचनामा उल्लेख छ। फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङ्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटमा परीक्षा सञ्चालन गरिने जनाएको छ।
गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो। जापानले अघिल्लो वर्षदेखि विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने नीति लागू गरेको छ। कान्तिपुर दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार