बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १४:४३:४९
२० पुस काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीको बैठक सार्ने तयारी र सभामुख चयन प्रमुख एजेन्डाको रुपमा हेरिएको छ ।
आसन्न राष्ट्रियसभाको चुनावका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय कमिटीको बैठक सार्नुपर्ने देखिएकाले सोही विषयमा छलफल गर्न बैठक सुरु भएको समाचार स्रोतले जानकारी बताएको छ । गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।
राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक प्रस्तावलगायतका कार्यसूची तय गरेर केन्द्रीय सदस्यहरूलाई अन्तरपार्टी निर्देशनसमेत पठाइसकिएको थियो । यसअघि पार्टी एकताको दिन २०७५ जेठ ३ गते एकीकरणलाई औपचारिकता दिन र शपथ ग्रहणका निम्ति बालुवाटारमा केन्द्रीय कमिटी बैठक बसेको थियो ।
यता, रिक्त रहेको प्रतिनिधि सभाका सभामुख पदका विषयमा समेत पार्टी अनिर्णित रहँदा संसदीय गतिरोध कायमै छ । सो गतिरोध हटाउनका लागि सभामुख उम्मेदवार टुंगो लगाउने विषयमा पनि आजको बैठकलाई महत्वपूर्ण मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार