मिसेस टुरिजम एम्बेस्डरको ताज शिलास्मालाई
नेपालबहस संवाददाता
पुस २०, २०७६ आइतबार १८:०:५२
२० पुस काठमाडौं । मलेशियाको क्वालालाम्पुरमा शनिबार बेलुका सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०को फाईनलमा नेपाली चेली शिलास्मा हमाल मल्ल ताज हात पारेकी छन् ।
शिलास्माले अन्य मुलुकका प्रतिस्पर्धीलाई पन्छाउदै बिजेता भएकी हुन् । उक्त विशेष कार्यक्रममा २१ देशका महिलाहरु यो प्रतियोगितामा सहभागी थिए । ती सबै प्रतिस्पर्धीलाई पछि पारेर शिलास्माले मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२० का ताज चुमेकी छिन् ।
विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले अन्तत उत्कृष्ट हुँदै वल्र्ड तर्फको शिर्ष उपाधि र ताज जितेकी छिन् । नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० बिजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् ।
उपाधि जितेपछि शनिबार बेलुका ब्युटी न्युज नेपालसँग कुरा गर्दै शिलास्माले भनिन्,‘आज बेलुमा मलेशियामा भएको मिसेस टुरिजम एम्बेस्डर युनिभर्स २०२० को फाईनलमा मैले वल्र्ड तर्फको उपाधि जितेर नेपाललाई उत्कृष्ट सावित गरेको छु । एशिया, युरोप, अफ्रिका लगायतका महाद्धिपका २१ जना महिलाहरु भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।’
अब उनी नेपाल फर्कने छिन् । त्यसपछि सबैसँग खुसी साट्ने उनले बताएकी छिन् । केही वर्षयताबाट मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकीछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार