इराकबाट अमेरिकी सेना फिर्ता नहुने
नेपालबहस संवाददाता
पुस २२, २०७६ मंगलबार १६:५९:२५
२२ पुस एजेन्सी । अमेरिकाले इराकबाट आफ्ना सैनिक फिर्ता नलाने भएको छ । इराकी संसदले अमेरिकीसहित सबै विदेशी सेना फिर्ता जानु पर्ने सम्बन्धी प्रस्ताव पारित गरेको तथा इराकमा रहेका अमेरिकी सैनिकका जनरलले सेना फिर्ता जानु पर्ने आशयको पत्र पठाएको भए पनि अमेरिकाले सेना फिर्ता नलाने भएको हो ।
अमेरिकी रक्षा मन्त्री मार्क एस्परले सेना फिर्ता नबोलाउने बताएका हुन् । इराकी प्रधानमन्त्रीले अमेरिकी सेना फिर्ता जानु पर्ने बताएपछि जनरलले पठाएको पत्रमा आउँदा दिन तथा हप्ताहरुमा सेना फिर्ता लैजानु पर्ने आशयसहितको पत्र पठाएका थिए ।
इराकमा तैनाथ अमेरिकी सैन्य दस्ताका प्रमुख ब्रिगेडियर जनरल विलियम एम सीलीले संयुक्त अपरेशनका उपनिर्देशक अब्दुल अमिरलाई पठाएको पत्रमा निकट भविष्यमै अमेरिकी सेना फिर्ता लैजाने तयारी गर्नु पर्ने उल्लेख गरेका थिए । तर रक्षा मन्त्री एस्परले भने अहिले नै सेना फिर्ता बोलाउने सम्बन्धी कुनै निर्णय नभएको बताएका हुन् ।
गएको शुक्रबार अमेरिकाले गरेको हवाई आक्रमणमा इराकको राजधानी बग्दादमा रहेको विमानस्थलबाट बाहिरिँदै गरेका इरानी उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीका मृत्यु भएपछि अमेरिकी सेनामाथि चुनौती थपिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएका हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएपछि अहिले तनावको अवस्था छ र अमेरिका तथा इरानले एक अर्कालाई धम्की दिइरहेका छन् । इराकले पनि आफ्नो भूमि अरु कसैका विरुद्ध प्रयोग हुन नदिने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार
केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार