पुष्पराज पौडेलको ‘सयपत्री’ कविता संङ्ग्रह लोकार्पण
नेपालबहस संवाददाता
पुस २२, २०७६ बुधबार २:२६:१८
२२ पुष,तनहुँ । कवि एवम् साहित्यकार पुष्पराज पौडेलको “सयपत्री” कविता संङ्ग्रह लोकार्पण गरिएको छ । भानु ०८ पुर्कोटस्थित मनोहर मा.वि. को ५२ औं वार्षिकोत्सव समारोहमा कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद कृष्णकुमार श्रेष्ठ, विशिष्ट अतिथिद्वय संघीय सांसद लालबहादुर थापा एवम् प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, कवि पौडेल स्वयम्, कवि रमेश पौडेल, प्राज्ञ नमूना शर्मा, लगायतका अतिथिहरूले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिद्वय लुइटेल एवम् थापा लगायत अन्य अतिथिहरुले मन्तब्य राख्दै कृतिकारको ब्यक्तित्वको चर्चा गरे । त्यसैगरि कार्यक्रमका बिशिष्ट अतिथि लुइटेलले नेपालको वर्तमान शैक्षिक अवस्थाका बारेमा चर्चा गर्दै कवि पौडेलको सिर्जनधर्मिता बारेमा विवेचना गर्दै पौडेलको लेखनीमा मिठासपन र सहृदयताको आभास पाइने उल्लेख गरे ।
कवि रमेश पौडेलले सयपत्रीभित्र विभिन्न भाव र रङ्गका सय थान कविता रहेका र तिनले कविको विगत र वर्तमानलाई जोड्ने काम गरेको बताए । प्राज्ञ नमूना शर्माले कृतिभित्रकै छन्दोव्द्ध कविता सुनाउँदै शुभ कामना दिइन् । सो अवसरमा कृतिकार पौडेलले विभिन्न काल खण्डमा रचना गरिएका सय वटा शीर्षकका कविता सयपत्रीमा संङ्ग्रहित गरेको बताए । कवि पौडेलले २०८ पृष्ठको उक्त कृतिका रचनाहरुमा विभिन्न शास्त्रीय छन्द तथा मुक्त छन्दको प्रयोग भएको पनि स्पष्ट पारे ।
सोही अवसरमा कवि पौडेलले आफ्ना माता पिताको स्मृतिमा दुई लाख राशीको “भैरव जीव छात्रवृत्ति अक्षय कोष” स्थापना गर्नुका साथै यसै वर्षदेखि दुई जना जेहन्दार विद्यार्थीलाई जनही सात हजारका दरले छात्रवृत्ति प्रदान गरे । यस वर्षको “भैरव जीव छात्रवृत्ति” गत साल सम्पन्न एसईई परीक्षामा मनोहर माविबाट उत्कृष्ट नतिजा ल्याउन सफल सन्तोष कुमाल र आकृति रानाभाटले प्राप्त गरे ।
पौडेलले मनोहर मावि आफ्नो पुर्ख्यौली थलोमा रहेको ज्ञानशाला भएको र पाँच दशकअघि आफैँ प्रधानाध्यापक भई प्राध्यापन गरेको तथा आफ्ना माता पिताले उक्त विद्यालयको जगेर्नामा भूमिका निर्वाह गरेको स्मरण गर्दै सो कार्यको थालनी गरेको बताए ।
कृतिकार पौडेलको जन्म सोही स्थानमा वि स २०११ सालमा भएको थियो । लामो समय प्राध्यापन र रेडक्रसमा काम गरेका कवि पौडेलका यस अघि रेडक्रसकर्मी, शिक्षाका ती दिन कृति प्रकाशित छन् । उक्त कार्यक्रम मनोहर मा. वि. का विद्यालय व्यवस्थापन समिती अध्यक्ष रामकृष्ण देवकोटाको सभापतित्वमा भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
आजदेखि काठमाडौंमा कला उत्सव
मंसिर १६, २०८० शनिबार
आज महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने दिन
कात्तिक २७, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार