राजधानी भित्रिने नाकाको सुरक्षा व्यवस्था कडा गरिने
नेपालबहस संवाददाता
पुस २२, २०७६ बुधबार ३:४३:३९
२२ पुस काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताएका छन् ।
समुदाय प्रहरी साझेदारी चन्द्रागिरिपालिका समितिले आज थानकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राजधानी भित्रिने नाकाको सुरक्षा गर्न प्रहरीसँगै स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताए ।
“अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भूमिका महत्वपूर्ण रहेको छ”, उनले भने । पोखरेलले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सबैको साथ सहयोग र सहकार्यको खाँचो रहेको बताए । समाज सुधारका लागि आफैँबाट सकारात्मक कामको शुरुआत गर्नुपर्ने उनको भनाइ थियो ।
उनले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदाय सँगसँगै अगाडि बढ्नुपर्ने उल्लेख गरे । सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार