गरिमा विकास बैंकको सैनामैनामा नयाँ शाखा संचालन
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार २३:१:१९
२३ पुष, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आजबाट सैनामैना नगरपालिका वडा नं. ४, मुर्गिया रुपन्देही स्थित मुर्गिया शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले गरे ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औधोगिक तथा व्यवसायिक विकासमा राम्रो सम्भावना बोकेको रुपन्देही जिल्लाको मुर्गिया स्थित शाखा कार्यालयले त्यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।
विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले आधुनिक सुविधासहित स्थापना गरिएको मुर्गिया शाखाबाट ग्राहकहरुले सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्ने बताए ।
गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब २५ करोड कर्जा लगानी गरेको नायब महाप्रबन्धक एवं कम्पनी सचिव माधवप्रसाद उपाध्यायले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार