थ्री स्टारको ब्रिगेड ब्वाइजमाथि सहज जित
नेपालबहस संवाददाता
पुस २३, २०७६ बिहिबार ०:४७:८
२३ पुस काठमाडौं । काठमाडौमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत बुधबार भएको खेलमा थ्री स्टार क्लबले ब्रिगेड ब्वाईज क्लबलाई पराजित गरेको छ भने पुलिस र च्यासलले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरथित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार शीर्ष तीनमा उक्लियो । थ्री स्टारलाई जित दिलाउन सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे ।
ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए । पहिलो हाफमै २–० को अग्रता बनाउन सफल थ्री स्टारले खेलको १५ औं मिनेटमा सुशान्तको गोलबाट अग्रता बनाएको थियो । खेलको ४१ औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्तले हेडबाट उत्कृष्ट गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए ।
यस्तै थ्री स्टारले ५८ औं मिनेटमा तेस्रो गोल गर्यो । उसका विदेशी खेलाडी हाजमातले ब्रिगेडका डिफेन्डरको गम्भीर गल्तिको फाइदा उठाउदै गोलकिपर विशाल सुनार अगाडी बढेको अवस्थामा चिप गोल गरे । खेलको ६६ औं मिनेटमा ब्रिगेड १० खेलाडीमा समेटियो ।
थ्री स्टारका अशोक खवासलाई खराब ट्याकल गरेपछि रेफ्री श्रवन लामाले ब्रिगेडका दिपेन्क राज सिहलाई रातो कार्लेड दिदै मैदानबाट बाहिर पठाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा ब्रिगेडले सान्त्वना गोल फर्कायो । जितसँगै थ्री स्टारले ५ खेलमा १० अंक जोडेको छ । ब्रिगेड ५ खेलमा ६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।
यस्तै बुधबार नै भएको दोश्रो खेलमा पुलिसले च्यासलसंग २–२ गोलको बराबरी खेलेको छ । पहिलो हाफमा पुलिसले लिएको २–१ ले लिएको अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफको चौथो मिनेटमा सन्तोषले बराबरी गोल फर्काएका थिए ।
हेमन्त थापा मगरले दिएको क्रसमा हुलमुलका बीचबाट सन्तोषले गोल गरेका थिए । त्यसअघि दशरथ रंगशालामा निरकुमार राईको गोलबाट पुलिसले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो । तर, १८ औं मिनेटमा कप्तान सन्तोषले बराबरी गोल गर्दै च्यासललाई खेलमा फर्काएका थिए ।
त्यो उनको एतिहासिक गोल थियो । लिगमा त्यो उनको सयौं गोल थियो । लिगमा एक सय गोल पुरा गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । तर पहिलो हाफको अन्त्यमा पुलिसले सुमन लामाको गोलबाट पुन अग्रता लिएको थियो ।
सुमनले ४० औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा सन्तोषले ह्याट्रिक पुरा गर्ने केहि अवसर पाए पनि सफल हुन सकेनन् । उनले डेढ दशक लामो खेल जीवनमा सय गोल पुरा गरेका हुन् । जारी लिगको सुरुवाती दुई खेलमा ३ गोल गरेका सन्तोषले पछिल्लो दुई खेलमा भने गोल गर्न सकेका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार