राष्ट्रिय एकता दिवसका दिन राप्रपाको चियापान
नेपालबहस संवाददाता
पुस २४, २०७६ बिहिबार १५:५:३६
२४ पुस काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शुभकामना तथा चियापान आयोजना गर्ने भएको छ ।
विभिन्न भागमा छरिएका बाइसे र चौबिसे राज्यलाई एकीकरणका लागि अभियान शुरु गरी राष्ट्रनिर्माता शाहले विविध जाति र संस्कृतिलाई एकताबद्ध गरेको स्मरणमा उक्त पार्टीले प्रत्येक वर्ष पुस २७ गते विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । चियापान कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेता, सामाजिक जीवनका प्रतिष्ठित व्यक्तिलाई निमन्त्रणा गरिएको सो पार्टीले जनाएको छ ।
सोही दिन पार्टीका अध्यक्ष तथा अन्य नेताले सिंहदरबारस्थित शाहको शालिकमा माल्यार्पण गरेपछि दिउँसो १ बजे शुरु गरिने शुभकामना तथा चियापान कार्यक्रम साँझ ५ बजेसम्म सञ्चालन गरिने नेता देवेन्द्र प्रधानले जानकारी दिए । पार्टीको कला साहित्य विभागले सोही दिन कवि गोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ । पार्टीले नेपाली नोटमा शाहको तस्बिर अङ्कित गर्न सरकारलाई आग्रह गर्दै यही पुस २७ गते एकता दिवसका रुपमा सार्वजनिक बिदाको समेत माग गरेको छ ।
यसैबीच नेपाल प्रज्ञा–प्रतिष्ठानले सोही दिन बग्गीमा शाहको तस्बिरलाई राखी नगर परिक्रमा गर्नेछ भने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले समेत राष्ट्रनिर्माता शाहको योगदानसम्बन्धी गोष्ठी आयोजना गर्नेछ । विसं १८२४ मा तत्कालीन इष्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीको सिन्धुलीगढीमा गोर्खाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको स्मरणमा त्यहाँ सालिक अनावरण गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
एकीकृत समाजवादीको महाधिवेशन सर्यो
बैशाख ५, २०८१ बुधबार
लगानी सम्मेलन लक्षित अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार