टिपरको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १७:५१:३५
२५ पुस जनकपुरधाम । प्राकृतिक सम्पदाको दोहन गरी भारततर्फ निकासी गर्ने तस्करहरुको विरोध गर्ने एक युवकको आज बिहानै टिपरले किचेर हत्या गरिएको छ ।
धनुषास्थित औरही खोलाको गिट्टी बालुवाको अवैध उत्खनन गरी भारततर्फ निकासी गर्ने समूहको विरोधमा उत्रिएका मिथिला नगरपालिका – ५ का युवक दिलिपकुमार महतोको आज टिपरले ठक्कर दिई हत्या गरिएको हो । लामो समयदेखि औरही लगायत यस भेगका खोलाबाट अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन गरी निकासी हँुदै आएकोमा स्थानीयले विरोध गर्दै आएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार, नदीजन्य बालुवा र गिट्टीको अवैध उत्खनन र निकासी गर्ने व्यावसायीको विरोधमा उत्रेका महतोको आज बिहानै टिपरले किचेर हत्या गरिएको हो । हत्या गर्ने टिपर चालकको नाम नखुलाई पनि टिपरको पहिचान भने स्पष्ट गरिएको छ ।
प्रहरी निरीक्षक यादवले दिएको जानकारी अनुसार, युवक महतोलाई किच्ने टिपर नं. ना ७ ख ६४१३ नम्बर हो । आज बिहान करिव ४ बजे टिपर आएर जथाभावी उत्खनन गर्न थालेपछि मृतक महतो विरोध गर्न खोलामै पुगेर अवरोध सिर्जना गर्न खोजेका थिए ।
घटनामा संलग्न टिपर चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । साथै मृतक महतोको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको जानकारी प्रहरी निरीक्षक यादवले दिए ।
घटनाको विरोधमा आज बिहानैदेखि स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग अवरुद्धगरेका थिए । तर भर्खरै मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति भएपछि राजमार्ग खुलाइएको प्रहरी निरिक्षक यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार