बाँदर लखेट्न बोकेको बन्दुकको छर्रा लागेपछि,,
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार २०:०:४७
२५ पुस बलेवा । बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ । छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको थियो । घरछेउको जङ्गलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीबार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयवासीले बताएका छन् ।
उनको बायाँ हात, खुट्टा र पिडौँलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयवासीले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीबार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए । घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भए-नभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।
बाँदर लखेट्न भनिए पनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार