राष्ट्रियसभा निर्वाचन : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
नेपालबहस संवाददाता
पुस २५, २०७६ शनिबार ३:२९:५८
२५ पुस काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।आगामी माघ ९ गते हुने निर्वाचनका लागि अपराह्न १ देखि ४ बजेसम्म उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन प्रयोजनकै लागि आज बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का १६, नेपाली कांग्रेसका १६, समाजवादी पार्टी ७, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २-२ गरी ४५ उम्मेदवारले भाग लिएका छन् ।
यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्पm २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्पm ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्पm १६, दलित समूहतर्पm ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्पm ५ र अन्य समूहतर्पm १९ उम्मेदवार रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार