सुनको मूल्यसँगै बढ्दो तस्करी
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १४:४७:५०
२७ पुस काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ ।
गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । सो महिनामा सुनको मूल्य न्यूनतम ७१ हजार तीन सय रुपियाँदेखि अधिकतम ७१ हजार आठ सय रुपियाँ पुगेको थियो ।त्यस्तै कात्तिकमा एक हजार ९० ग्राम सुन पक्राउ परेको भन्सार विभागले जनाएको छ ।
यस महिनामा सुनको मूल्य ६९ हजार नौ सय देखि ७१ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै मंसिरमा पनि नौ हजार २७२ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । यो महिनमा सुनको मूल्य ७१ हजार तीन सय रुपियाँबाट उकालो लाग्दै ७१ हजार आठ सय रुपियाँसम्म कारोबार भएको छ ।
असोजदेखि मंसिर सम्म नेपाली बजारमा सुन अधिकमा बिक्री हुने गरेको छ । यी महिनमा दैनिक ३० केजीसम्म सुनको कारोबार हुने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यद्यपि दैनिक ३० केजीको आपूर्ति अपुग भएको भन्दै व्यवसायीले ५० केजीसम्म हुनुपर्ने बताए ।
पुस २४ गतेसम्मको तथ्याङ्क हेर्दा सात हजार ८०२ ग्राम सुन समातिएको छ । यो अवधिमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै ७६ हजार ५०० रुपियाँ कामय गरिसकेको छ । त्रिभुवन विमानस्थल भन्सार विभागका प्रमुख राजकुमार अधिकारी नेपाली बजारमा मूल्य बढ्न थालेपछि तस्करी सुन बढी भित्रन खोज्ने प्रवृत्ति देखिएको बताउछन ।
विभिन्न मुलुकबाट नयाँनयाँ तरिका अपनाउँदै सुन तस्करी गर्नेहरूमा चिनियाँ र भारतीय नागरिकहरूको बढी संलग्नता रहने गरेको देखिएको उनको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा लामो समय बसेर स्वदेश फर्किने केही नेपालीलाई पनि तस्करहरूले भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रमुख अधिकारीले बताए ।
वैदेशिक रोजगारीबाट फर्कने नेपालीले झिटीगुम्टाअन्तर्गत भन्सार शुल्क तिरेर एक सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने छन् । त्यस्तै ५० ग्रामसम्मको गहना ल्याउँदा भन्सार शुल्क लाग्दैन । २५० ग्रामसम्म भने भन्सार तिरेर गरगहना ल्याउन सक्ने व्यवस्था गरिएको छ । गोरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार