छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १६:३५:१७
२७ पुस जुम्ला । छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन गर्न कार्यक्रमले सहयोग पु¥याएको जानकारी दिइन् । उनीले भनिन, “ छोरीको जीवन अर्काको घर जान्छे भनेर हेला गर्दछन् । सरकारले थोरबहुत सहयोग गरेर राम्रो ग¥यो । ”
गतसाउन १३ गते छोरी उनीले छोरी जन्मदिएकी थिइन् । नजिकको वडा कार्यालयले छोरीको नाममा बैँक खाता खोलीदिई रु ५०० खातामा जम्मा गरिदिएको थियो । “ हरेक महिना जम्मा हुने पैसाले छोरी पढाउँछु । ” उनीले खुशी हुँदै भनिन् ।
कार्यक्रम कार्यान्वयनमा आएपछि खाता खोल्न आउनेको सङ्ख्या बढ्दो छ । गाउँपालिकाले छोरीको खाता खोल्न आउने आमाका लागि विशेष प्रथामिकता दिएको छ । बैँकमा आउने महिलालाई खाता खोल्न सहयोग गर्दै आएको कुमारी बैंक कनकासुन्दरी शाखा प्रबन्धक भीमबहादुर धामीले जानकारी दिए ।
कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगाराम सापकोटाले प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रममार्फत् मानव विकास सुचकांङमा पछाडी रहेका कर्णालीलाई माथि उठाउन कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
गरीबी न्यूनीकरण, बालविवाह अन्त्य, शिक्षा पहुँच विस्तारको ध्येय कार्यक्रमले लिएको छ । चालू आर्थिक वर्षको साउनपछि जन्मेका प्रत्येक छोरीको अनिवार्य बैंकमा खाता हुने र खातामा गाउँपालिकाले पहिलो महिना रु एक हजार र बाँकी महिनाको रु ५०० का दरले पैसा जम्मा गरिदिने नीति लिएको छ । छात्राले माध्यामिक तह उत्तीर्ण गर्नुपर्ने र २० वर्ष उमेर नपुगी विवाह गर्न नपाउने प्रावधान रहेको छ ।
यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाज सिक्दै बालबालिका
जुम्लाको तातोपानी गाउँपालिकाले २८ विद्यालयमा जुम्ली खस भाषामा पठनपाठन शुरुआत गरेको छ । खस भाषालाई जोगाउनका गाउँपालिकाले पाठ्यपुस्तक तयार गरी अध्ययन अध्यापन अगाडि बढाएको हो ।
गाउँपालिकाका २८ विद्यालयमध्ये २५ विद्यालयले १–३ कक्षामा शैक्षिकसत्र २०७५/७६ मा अध्ययन अध्यापन शुरु गरेका थिए । आगामी फागुन महिनादेखि शुरु हुने नयाँ शैक्षिकसत्र २०७६/७७ मा ४–५ कक्षामा पनि पठनपाठन गरिने तातोपानी गाउँपालिका शिक्षा शाखाका प्रमुख छायाँदत्त चौलागाईंले बताए ।
स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । कक्षा १ को स्थानीय पाठ्यपुस्तकमा प्राकृतिकस्थल, तातोपानी धारा, भण्डार वन, भुरीचुला, नदैडाव, बुदबुदी धाम, इमिल्च्या मन्दिर, सुन्दरगाउँ मष्टो मन्दिर, बाबिरा मष्टो मन्दिर, ठाकुरज्यू मन्दिर, ऐतिहासिक गुरुफोक्टो, बानिया दियार, लछालकृतिक पैकेलो र दरबारजस्ता विषयवस्तु समेटिएको शिक्षा शाखा प्रमुख चौलागाईंले जानकारी दिए ।
त्यसैगरी २–३ कक्षाको पाठ्यपुस्तकमा पनि प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदासहित कालीमार्सी धान, फापर, कागुनो, स्याउ, सिमिलगायत स्थानीय कृषिजन्य बाली पाठ्यपुस्तकमा समेटिएको छ । यार्सागुम्बा, घुच्चीच्याउ, भूल्तया, हात्तिजडाजस्ता जडीबुटीसम्बन्धी पाठ्यपुस्तकमा विषयवस्तु राखिएको गाउँपालिकाले जनाएको छ । पाठ्यपुस्तकमा समेटिएका ऐतिहासिक, पर्यटक, धार्मिक सम्पदा र रैथाने बालीको परिचय, महत्वलाई खस भाषाबाट झल्काएको छ ।
तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको छ । अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ ।
तातोपानी गाउँपालिका–५ श्रीनगरस्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक छायाँदत्त खत्रीका अनुसार गाउँपालिकाले स्थानीय खस भाषामा यहाँका पर्यटकीय तथा धार्मिक सम्पदा र स्थानीय रैथाने कृषिजन्य वस्तु समटिएको पाठ्यपुस्तकले बालबालिकालाई ज्ञान हासिल गर्ने मौका मिलेको छ । सानै उमेरदेखि आफ्नो ठाउँका पर्यटकीय र धार्मिक सम्पदाको ज्ञान लिएका छन् भने यसको महत्वको विषयमा पनि बुझ्ने मौका पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार