एउटा कोठाबाट संचालनमा आएको सहकारीको आज डेढ करोडको घर
नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार २०:४४:५८
२७ पुष, ललितपुर । १४ वर्षअघि एउटा कोठा भाडामा लिएर सञ्चालन गरिएको यो श्रीमाई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था (बज्रवाराही साकोस)ले रु एक करोड ४३ लाख खर्च गरी पाँच आना जग्गामा साढे चारतलाको भवन निर्माण गरेको छ । गोदावरी नगरपालिका–११ चापागाउँस्थित बज्रवाराही साकोसले आफ्नै नयाँ भवन निर्माण गरेको हो ।
नगरपालिका प्रमुख गजेन्द्र महर्जनले संस्थाले आफ्नै नाममा भवन निर्माण गरी अघि बढ्नु अन्य सहकारीलाई पनि प्रेरणा पुगेको बताए । उनले भने, “अब सहकारीमा गरिएको लगानीमार्फत गोदावरीमा बेरोजगारीको अन्त्य हुनुपर्छ ।”
संस्थाका अध्यक्ष रामभक्त महर्जनले यो सहकारी गोदावरी भेगको नमूना सहकारीको रूपमा रही आर्थिक कारोवारका साथै अन्य क्षेत्रमा पनि लगानी गर्दै आएको बताए । उनले भने, “१४ वर्षअघि एउटा कोठा भाडामा लिएर सञ्चालन गरिएको यो सहकारी रु एक करोड ४३ लाख खर्च गरी पाँच आना जग्गामा साढे चारतलाको भवन निर्माण गर्न सफल भएको छ ।” अन्य सङ्घसंस्थाले कार्यक्रम गर्न चाहेको खण्डमा संस्थाको भवन उपलब्ध गराउने महर्जनले विश्वास दिलाए ।
संस्थाका उपाध्यक्ष देवेन्द्र श्रेष्ठले विसं २०७२ बाट आफूहरुले संस्थाको भवन बनाउने योजना अघि बढाउँदा हाल आएर सानो कोठामा बसी सहकारीको काम गर्नुपर्ने समस्या अन्त्य भएको मत राखे ।
संस्थाका संस्थापक अध्यक्ष जगमोहनमेयर कायस्थले दिन दुई गुणा रात चौगुणा हुँदै यस संस्थाले प्रगतिको सिँढी हासिल गर्दै अघि बढिरहेको बताए । उनले भने, “दुई हजार ४३१ शेयर सदस्य रहेको यस संस्थाले रु २५ करोड बढीको कारोवार गर्न सफल भइसकेको छ ।” राष्ट्रिय सहकारी बैंक चापागाउँ शाखाका प्रमुख रामशरण सापकोटाले मुलुक परिवर्तन गर्ने एक विशेष माध्यम सहकारी रहेको विचार राखे ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष दीपक घिमिरेले सहकारीमार्फत उत्पादनमूलक काममा जोड दिनुपर्ने बताए । जिल्ला कृषि सहकारी सङ्घ ललितपुरका सचिव पुरुषोतम हुमागाईंले यस संस्थाले चापागाउँमा रहेको बज्रवाराही माताको नाम जोडेर सहकारी सञ्चालन गरी धर्म र पर्यटनलाई पनि सँगै अघि बढाएको औंल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार