हिमकुञ्ज स्काउटको चौथो क्याम्प सम्पन्न
नेपालबहस संवाददाता
पुस २८, २०७६ सोमबार १८:१:२४
२८ पुस काठमाडौं । जिल्ला स्काउट कार्यालय काभ्रेपलान्चोकको निर्देशनमा हिमकुञ्ज स्काउट ट्रुपको आयोजनामा ३ दिन २ रातको एडभेन्चर क्याम्प सामुदायिक बोर्डिङ्ग स्कुल, पनौतीमा सम्पन्न भएकोे ।
यहि पौष २०, २१ र २२ गते भएको उक्त क्याम्पको जिल्ला स्काउट कार्यालयका जिल्ला आयुक्त मोहन गोपाल श्रेष्ठले उदघाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्नुहुँदै आयुक्त श्रेष्ठले विद्यार्थीहरुमा शारीरिक, बौध्दिक, सामाजिक एवम्, संवेगात्मक पक्षहरुको समानुपातिक विकास गराई असल र चरित्रवान् नागरिक बनाउन क्याम्पले सहयोग पु¥याउने बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल पूर्णकुमार श्रेष्ठ, वि.व्य.स. अध्यक्ष शम्भुलाल श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज के.सी. लगायतको उपस्थिति रहेको थियो । काभ्रे र भक्तपुरका ६ वटा विद्यालयका स्काउटमा आबद्घ ६२ जनाको उपस्थितिमा संचालन भएका क्याम्पमा जीपलाईन, फ्रिफल, टावर, टायर व्रिज लगायतका १५ प्रकारका वेसहरु संचालन भएको स्काउटर मिलन श्रेष्ठले जानकारी दिए।
२२ गते भएको समापन कार्यक्रममा स्काउट राष्ट्रिय प्रधान कार्यालयका सदस्य विजेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा जिल्ला आयुक्त मोहन गोपाल श्रेष्ठ तथा राष्ट्रिय प्रशिक्षक सुचिता ध्वजु समेतको उपस्थितिमा स्काउटहरुलाई विदाई गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार