चाडपर्वमा महँगी धान्नै सकस
नेपालबहस संवाददाता
पुस २९, २०७६ मंगलबार १४:११:५८
२९ पुस काठमाडौं । हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ । हुनेखानेका लागि यस्ता पर्व ठूलो अवसर भए पनि गरिब तथा विपन्नका लागि भने ठूलो चुनौतीका रूपमा देखिने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि चाडपर्वमा प्रयोग हुने वस्तुको मूल्य अकासिँदै गएपछि सर्वसाधारणलाई चाडपर्व मनाउन मुस्किल हुन थालेको हो ।
नियमक निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीले मनपरी सर्वसाधारणबाट मूल्य असुल्दै आएको उपभोक्ताको गुनासो छ । रामेछाप घरभई हाल अनामनगर बस्दै आएकी अम्बिका मगर माघेसंक्रान्तिका लागि तरुलको मूल्य सोध्दा लामो सास फेर्दै भन्छिन्, ‘उफ १ कति साह्रो महँगी बढेको हो रु किनेर खान नसकिने भयो ।’ विगतमा प्रतिकेजी २० देखि ३० रुपैयाँमा पाउने तरुलको मूल्य अहिले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँमा सम्म पुगेको उनी बताउँछिन् ।
दिन प्रतिदिन बढ्दै गएको महँगीले बिहान बेलुका एक छाक कटाउनसमेत मुस्किल हुन थालेको छ । ‘चाडपर्व कसरी मनाउने रु महँगीले गर्दा चाडपर्व खुसीसाथ मनाउन सकिएको छैन, चिन्ता बढ्न थालेको छ,’ उनले भनिन् । माघेसंक्रान्ति मनाउने भनेर बजारमा सामान किन्न जानेहरूका अनुसार मूल्य छोइसक्नु छैन । टुकुच्चाको तरकारी बजारमा हरेक व्यापारीको फरक–फरक मूल्य छ । वन तरुल प्रतिकेजी २ सय ५० देखि ४ सय रुपैयाँ केजीसम्म बढेको बताइएको छ । यस्तै, हात्तीपाइले तरुल प्रतिकेजी १ सयदेखि १ सय ५०, घर तरुल १ सयदेखि १ सय २० रुपैयाँ पर्ने गरेको अम्बिका मगर बताउँछिन् ।
एक–दुई वर्षपहिले एक मुठा साग ५–१० रुपैयाँमा पाइनेमा अहिले त्यही सागको ८०–९० रुपैयाँ पुगेको छ । घरधनीले मनपरी कोठाभाडा लिँदै आएका छन् । यस्तै, सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएकी दिलमाया तामाङलाई पनि पछिल्लो समय उपत्यकाको महँगीले भान्सा चलाउन गाह्रो भएको छ । तामाङ भन्छिन्, ‘काठमाडौं आएको १५ वर्ष भयो, अहिलेको जस्तो महँगी यसअघि महसुस गरेकी थिइनँ ।
अहिले १ सय रुपैयाँमा केही पनि आउँदैन,’ तामाङले भनिन्, महँगी पनि कति सारो बढेको हो । अहिले महँगीले महिनामा कमाएको २०–२५ हजारले १५ दिन गुजारा गर्न मुस्किल भएको छ । बजारमा एक केजी प्याजको १ सय ३० रुपैयाँ छ भने सिमी १ सय ५० रुपैयाँ छ । व्यापारीले कुनै ठाउँमा त त्यसको मूल्य १५०–१६० सम्म लिन्छन् । मैतीदेवीमा बस्दै आएकी सुन्तली तामाङलाई पनि महँगीले माघेसंक्रान्ति समेत कसरी मनाउने भन्ने चिन्ताले सताएको छ ।
माघेसंक्रान्तिको तरुल बजार मूल्य प्रतिकेजी
वन तरुल ३०० देखि ३५०
हात्तीपाइले तरुल १५० देखि २००
स्कुसको जरा १५० देखि १७०
पतले तरुल १६० देखि १८०
देसी तरुल १०० देखि १२५
भैंसी तरुल १०० देखि १२५
सिमल तरुल ८० देखि ९०
रातो तरुल १०० देखि १२०
सक्खरखण्ड १०० देखि १२०
यस्तै, चितवन घर भई हाल अनामनगर बस्दै आएकी ३५ वर्षीया सुनिता शर्माले पनि माघेसंक्रान्तिका लागि सामान किन्न असन बजार पुग्दा बढ्दो महँगीले रितै हात घर फर्केको बताउँछिन् । उनी भन्छिन्, ‘माघेसंक्रान्तिका लागि चाहिने चाकु र तलौराको मूल्य गत वर्ष प्याकेटको ३० रुपैयाँ पर्नेमा अहिले त्यसको मूल्य ५० देखि ६० रुपैयाँ पर्छ ।’ यसमा पनि हरेक पसलमा फरक फरक मूल्य पर्छन् ।
कुनै पसलमा सोही सामानको मूल्य ३० रुपैयाँ छ भने कुनै पसलमा ४० देखि ५० रुपैयाँ पर्छ । ‘पहिले १ हजार रुपैयाँले पुरै चाडवर्प नै मनाउन्थ्यौं तर अहिले १ हजार रुपैयाँ लिएर बजार जाँदा एक छाकको तरकारीसमेत आउन मुस्किल छ,’ उनले भनिन्, ‘विभिन्न बहानामा व्यापारीले हामीजस्ता सर्वसाधारणबाट चर्को मूल्य असुल्दै आएका छन् ।’ राजधानी दैनिक
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
पुष्पाः२ ले फिल्म रिलिज अघि नै १००० करोड कमाउने
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार