पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपात
नेपालबहस संवाददाता
पुस २९, २०७६ मंगलबार १४:२३:१२
२९ पुस काठमाडौं । जल तथा मौसम पूर्वानुमानका अनुसार पश्चिमी वायु सक्रिय भएसँगै केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ ।
बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिरमात्रै केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो । कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका छन् ।
मङ्गलबार पनि बिहानैदेखि तराईका चितवनबाहेक सबैजसो जिल्लामा बाक्लो कुहिरो लागेको छ । कुहिरो दिनभर रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । दुई, तीन दिनदेखि लगातारजस्तै कुहिरो लागे पनि बेलुकातिर केहीबेर हट्ने गरेकाले यसलाई शीतलहर भने भन्न नमिल्ने मौसमविद् श्रेष्ठले बताए।
यसैबीच मङ्गलबार पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । सोमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उनले बताए ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
माघ १ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली भई अन्य भेगमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भेगमा आंशिक बदली को अवस्था रहने छ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।
माघ २ गते (बिहिबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्-भागमा आंशिक बदली रहनेछ।पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा संगै उच्च पहाडी भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– तराई भू-भागहरुमा बिहानी समयमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने हुँदा चिसो नै रहने देखिन्छ।साथै सुदुर पश्चिमका उच्च पहाडी भू-भागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार