प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
Advertisement

२९ पुस पर्वत । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई सम्मान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यहाँका दुई नगरपालिका र पाँच गाउँपालिकालाई प्रशंसापत्रले सम्मान गरेको हो । सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरप्रमुख पदमपाणि शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङ र महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो ।

विसं २०७५ कात्तिकदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम १२ वटा विधामा सञ्चालन भएका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। गण्डकी प्रदेशमा नै कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँका स्थानीय तहका सहयोग ऐतिहासिक रहेको उनले बताए ।

Advertisement

जिल्ला समन्वय समितिका संयोजक मनोहर बि पौडेलले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल भएको बताए । फलेवास नगरपालिकाका नगरप्रमुख शर्माले समुदायका हरेक पक्षमा प्रहरी अनिवार्यजस्तै भइसकेको अवस्थामा प्रहरीलाई साधन र स्रोतले सम्पन्न गराउनुपर्ने बताए।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्णले जलजला गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाको माग गरे । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले समुदायलाई सचेतीकरण गर्नका कार्यक्रम सफल भएको बताए ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here