चुनढुंगा खानीको स्काभेटरमा विप्लवले बम राखेपछि
Advertisement

२९ पुस काठमाडौं । प्राकृतिक स्रोत साधन दोहन गरेको गरेको आरोपमा नेत्र विक्रम चन्द समूहको जिल्ला जनपरिषद् पाल्पाले चुनढुंगा खानीको एक स्काभेटरमा बम राखेको छ ।

रैनादेवी गाउँपालिका–१, सिद्देश्वरमा रहेको सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीको माथिल्ला भागको एउटा स्काभेटरमा खतरा लेखेर टाँसेको देखिएपछि खानी उत्खनन रोकिएको वडाध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए ।

खतरा लेखिएको स्थानमा फालिएको पर्चामा स्थानीय जनता र व्यवसायीको भावना विपरित काम गरेको, जनसत्तामा दर्ता नगरी खानी संचालन गरेको र प्राकृतिक स्रोत र साधनको दोहन गरेको उल्लेख छ ।

Advertisement

चुनढुंगा खानीस्थलमा प्रहरी र नेपाली सेना पुगेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली तानसेनबाट त्यसतर्फ गइरहेको प्रहरीले जनाएको छ । सिद्देश्वर तानसेनबाट ४५ किलोमिटर पश्चिममा पर्छ ।

Advertisement
अघिल्लो लेखआजदेखि बेनीमा माघेसङ्क्रान्ति मेला सुरु
अर्को लेखगायक भट्टराईको असामयिक निधनले थापा स्तब्ध !
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्