हिजो दिनभरी राजधानी हल्लाउने त्यो समाचार
Advertisement

२९ पुष, काठमाडौं । नेपालका लागि भारतीय राजदूतमा करिअर डिम्प्लोम्याट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र कुटनीतिज्ञ विनयमोहन क्वात्र नियुक्त हुने लगभग पक्कापक्की भएको छ ।

सन् १९८८ मा भारतीय विदेश सेवा (आईएफएस) मार्फत सेवा प्रवेश गरेका क्वात्र सन् १९९३ सम्म भारतीय स्थायी नियोग जेनेभामा कार्यरत थिए । फ्रेञ्च, अंग्रेजी, रुसी र हिन्दी भाषामा धाराप्रवाह क्षमता भएका यी कुटनीतिज्ञको संयुक्त राष्ट्र संघीय विभिन्न एजेन्सीहरु लगायत मानव अधिकार आयोगको समेत कार्यानुभव छ ।

विज्ञानमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका यी विद्धान कुटनीतिज्ञ सन् १९९३ देखि २००३ सम्म संयुक्त राष्ट्र संघमा भारतका लागि डेक्स अफिसर तथा द. अफ्रिका र उज्वेकिस्तानस्थित भारतीय कुटनीतिक नियोगमा कार्यरत थिए । सन २००३ देखि २००६ सम्म क्वात्र चीनमा डपुटी चिफ अफ मिशनका रुपमा कार्यरत थिए ।

Advertisement

सन् २००६ देखि २०१० सम्म यी कुटनीतिज्ञले काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त व्युरोमा प्रमुखका रुपमा सेवा गरेका थिए ।

सन् २०१० देखि २०१३ सम्म यी कुटनीतिज्ञ संंयुक्त राज्य अमेरिकास्थित भारतीय नियोगमा वाणिज्यदूतका रुपमा कार्यरत रहेका थिए । सन् २०१३ देखि २०१५ सम्म भारतीय विदेश मामिला मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान विभागका प्रमुख थिए क्वात्र । त्यहाँ रहँदा क्वात्रले अमेरिका महाद्धिप हेर्ने डेस्कको पनि नेतृत्व गरेका थिए ।

सन् २०१५ देखि २०१७ सम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कोर टिमका रुपमा यिनले सहसचिवको हैसियतमा प्रधानमन्त्री कार्यालयमा सेवा गरेका थिए । वहाँकी धर्मपत्नी (वाणिज्य प्रशासनमा स्नातकोत्तर र वित्तशास्त्रमा एमफिल ) र दुई छोराहरु छन् ।  श्रोतः भारतीय विदेश मामिला मन्त्रालय

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्