ज्योति विकास बैंकको बाह्रौँ बार्षिक साधारणसभा सम्पन्न
Advertisement

२९ पुष, काठमाडौं । ज्योति विकास बैंकको बाह्रौँ बार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारण सभामा आ.व. २०७५/७६ को बार्षिक प्रतिवेदन, आ.व. २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती लगायतका नियमित प्रस्तावहरु बाहेक सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन सम्बन्धी कार्यक्रम रहेको थियो ।

उक्त निर्वाचन सम्बन्धी प्रस्तावमा जम्मा एकजना शेयरधनी मन महर्जनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका छन् ।

आ.व. २०७५/७६ को नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् १२.७५ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव लगायत अन्य सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतले पारित भएको ज्योति विकास बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत पारसराज कँडेलले जानकारी दिएका छन् ।

Advertisement

उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर शेयरधनीहरुलाई उचित लाभाँश दिँदै सम्पूर्ण नागरिकहरुको हितमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी प्रदान गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, दुरदृष्टि, ध्येय तथा आधारभूत मूल्य मान्यताहरुमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरु अघि बढाएको जानकारी दिए ।

Advertisement
Previous articleको हुन् नेपालका लागि नयाँ भारतीय राजदूत क्वात्र ?
Next articleढुक्क हुनुस, चैतदेखि मोबाइल कल सस्तो !

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here