काठमाडौंमा १० करोडको तरुल
नेपालबहस संवाददाता
माघ १, २०७६ बुधबार १३:४७:४३
१ माघ काठमाडौं । आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ ।
देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।
तरुल गत वर्षभन्दा थोकमै ३१ प्रतिशत महँगो
यो वर्ष माघेसङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा ३१ प्रतिशतसम्म महँगिएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार बजार व्यवस्थापन समितिका अनुसार गत वर्षको सङ्क्रान्तिमा प्रतिकेजी ४२ देखि १०० रुपियाँ थोकमा कारोबार भएको तरुल यस वर्ष बढेर ५५ देखि १५० रुपियाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिए।
उनका अनुसार गत वर्ष माघेसङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ । समितिका अनुसार सामान्य तरुल ५५ रुपियाँ, वन तरुल १२० रुपियाँ हात्तीपाइले तरुल १२० रुपियाँ र सिमल तरुल प्रतिकेजी १५० रुपियाँ थोकमा कारोबार भइरहेको छ । समितिका अनुसार माघेसङ्क्रान्तिका लागि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ ।
यस वर्षको माघेसङ्क्रान्तिलाई लक्षित गरेर पिँडालु १३० टन, सख्खरखण्ड १५० टन भित्रिएको छ । माघेसङ्क्रान्तिलाई तरुलको पर्वका रूपमा लिने भएकाले यस समयमा तरुलको बिक्री अत्यधिक हुने गरेको हो । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु गरिएको छ । सङ्क्रान्तिमा तरुल खाएपछि चिसो आफैँ हटेर जाने जनविश्वास पनि रही आएको छ ।
बर्सेनि १० करोड बराबरको तरुलको कारोबार
नेपालमा माघेसङ्क्रान्तिको आसपासमा बर्सेनि झन्डै १० करोड रुपियाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । माघेसङ्क्रान्तिमा धेरै खपत हुने भएकाले यो चाडलाई लक्षित गरी १० करोडको तरुलको कारोबार हुने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ । काठमाडौंमा तरुलको कारोबार बढे पनि पिँडालु र सख्खरखण्डको कारोबार भने खासै घटबढ भएको छैन । समितिका पुस महिनाभरमा कालीमाटीमा १७२ टन पिँडालु र २४२ टन सख्खरखण्ड भित्रिएको छ । गोरखापत्रबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार