हिजो दिनभरी राजधानी हल्लाउने त्यो समाचार
नेपालबहस संवाददाता
माघ १, २०७६ बुधबार १७:४२:१७
२९ पुष, काठमाडौं । सुकेको खरबारीमा आगो लागेसरह हिजो दिनभर काठमाडौंमा एउटा समाचार भाईरल भयो । अनलाईन मिडियादेखि मुलधारका पत्रपत्रिका सबैतिर समाचारले तरंग ल्यायो, त्यो समाचार थियो नेपालका लागि भारतीय राजदूतमा विनयमोहन क्वात्रको नियुक्ति भएको खबर ।
हिमालय पर्वतका घरमा महादेव आउँदा, समुद्रका घरमा नारायण आउँदा, सबरीका आश्रमा राम पुग्दा, १४ वर्षको बनबासपछि राम अयोध्या फर्केर आउँदा जस्तो तरंग सिर्जना गरेको थियो त्यही तरंग श्री क्वात्र नेपालका लागि राजदूत नियुक्त हुन लागेको खबरले आयो । नेपालका राष्ट्रपति र प्रधानमन्त्री फलानो नियुक्त हुने खबरले यत्ति कभरेज पाउँदैन थियो होला जुन कभरेज श्री क्वात्रको राजदूत नियुक्ति भएको खबरले पायो ।
भारतमा पानीपतको तेश्रो युद्धमा मराठाहरुले हारेको र अहमद शाह अव्दालीको सेनाले युद्ध जितेको खबर दिल्लीमा जसरी फैलिएको थियो त्यसरी नै श्री क्वात्र नेपालको राजदूत भएको समाचारले नेपाली सञ्चारमाध्यममा प्राथमिकता प्राप्त गर्यो । पानीपतको तेश्रो युद्धमा मराठाहरु हारिसकेपछि अहमद शाह अब्दालीलाई स्वागत गर्न दिल्लीका चाकरीबाजहरु मध्ये कविहरु कविता लिएर र धनीहरु थैली लिएर पुरानो दिल्लीदेखि पानीपतसम्म पंक्तिबद्ध भएर उभिएका थिए रे । त्यही शैलीको झझल्को दिने गरी आज नेपाली छापाहरुमा राजदूत नियुक्तिको विषयले चर्चा पायो ।
नेपालमा भारतीय राजदूतलाई बिदाई हुने बेला रामचन्द्रले अयोध्या छोड्दा जसरी अयोध्याबासी जनता मात्रै नभई रुख वृक्ष, चराचुरुङ्गीहरु पनि विलाप गर्दै उनको पछाडि लागेका थिए त्यही झल्को काठमाडौंमा देख्न पाइन्छ । कुनैपनि भारतीय राजदूत नियुक्ति भई नेपाल आउँदा रामचन्द्रले लंका फत्ते गरी विभिषण, सुग्रीव र हनुमानसहित लंका प्रवेश गर्दा जस्तो हर्षोल्लास हुन्छ सोही प्रकृतिको हर्षोल्लास काठमाडौंमा हुने गर्दछ ।
नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भन्दा पनि बढी महत्व दिने गरी काठमाडौंमा भारतीय राजदूतको प्रस्थान र आवागमनका सूचनाहरु प्रवाहित हुन्छन् । नेपालका नेताहरु पनि यस विषयलाई रामसुग्रीव मिलाप र रामभरत विछोड जस्तो गरी महत्व दिन्छन् । नेपालका लागि भारतीय राजदूत कार्यकाल सकेर फर्किन लाग्दा नेपालका नेताहरु सकुन्तलाले दुष्यन्तसँग विछोड हुने समयको जस्तो मनोदशामा प्रस्ततु गर्दछन् ।
हिजो दिनभरी काठमाडौंमा त्यही भयो । नेपालका लागि भारतीय राजदूत नियुक्तिको विषय डढेलो फैलिए सरी फैलियो । माऊले चारा ल्याएर आउँदा बचेराहरु गुँडमा जसरी मुख आँ गरेर च्याँ च्याँ गरी फरफर गर्छन् हिजो दिनभर काठमाडौं त्यस्तै थियो । विट्रिश भारतमा बेलायतबाट नयाँ भाइसराय नियुक्त भएर आउँदा भारतभर जसरी चर्चा हुन्थ्यो,त्यही शैलीमा काठमाडौमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्र नियुक्त हुने खबरले चर्चा पायो ।
एउटा सार्वभौम देशका लागि यो प्रवृत्ति कति राम्रो कति नराम्रो हो यो चिन्तनको विषय भएको छ । १२ बुँदे दिल्ली सम्झौताले नेपालमा भित्र्याएको हीनताबोधको प्रतिफलका रुपमा स्थापित हुँदै आएका यस्ता प्रवृत्तिहरुले देश र समाजलाई कतातिर लैजाला भन्ने विषय भने सर्वत्र चिन्ताको विषय भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार
चार दिनदेखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला
चैत १६, २०८० शुक्रबार
सरकार महिला सशक्तीकरणको पक्षमा छः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार