माघे सङ्क्रान्ति : पाँच लाख भक्तजनबाट देवघाटमा स्नान
नेपालबहस संवाददाता
माघ २, २०७६ बिहिबार १६:१३:१०
२ माघ दमौली । पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा पाँच लाख भक्तजनले स्नान गरेका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेको जनाइएको छ ।
देवघाट क्षेत्र विकास समितिका अनुसार स्नान गर्र्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको थियो । समितिका अध्यक्ष शिवराज पौडेलले भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट आइपुगेका जानकारी दिए । “देवघाटको महत्व र गरिमालाई बुझेर देश तथा विदेशबाट आएका भक्तजनले मेला भरेका छन्”, पौडेलले भने, “करीब पाँच लाख भक्तजन देवघाट आएको अनुमान छ ।”
दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीको सङ्म देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ । मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको थियो ।
भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
यहाँ लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा मानिन्छ । देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ । बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ ।
रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा विलय भएको ठाउँ देवघाटलाई नै मानिन्छ । त्यस्तै पाल्पाका तत्कालीन राजा मणिमुकन्द सेनले देवघाटमै आई तपस्या गरेका थिए । देवघाटमा मणिमुकुन्द सेन उद्यानसमेत छ । माघे सङ्क्रान्तिबाट ज्योतिषको गणनाअनुसार सूर्य धनु राशिबाट मकर राशिमा गएको र पद्मपुराणका अनुसार सूर्य मकर राशिमा गएको बेला देवघाटमा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने विश्वास रहँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार