बिहिबार , असोज १५, २०७७

गैरजिम्मेवार प्रचण्डको टुँडिखेल अभिव्यक्ति

गैरजिम्मेवार प्रचण्डको टुँडिखेल अभिव्यक्ति

समाचार टिप्पणी

२ माघ, काठमाडौं । सभामुख चयनका सन्दर्भमा असफलता हात लागेका सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो टुँडिखेलमा गर्वका साथ भनें – “माओवादी जनयुद्धमा मैले १७ हजार हैन मात्र ५ हजार नेपालीको ज्यान लिएको हुँ ।”

माघी मनाउन हिजो राजधानीको टुंडिखेलमा भेला भएका थारु समुदायको कार्यक्रममा उनले त्यस्तो उद्घोष गरिरहँदा लोकतान्त्रिक मुलुकको प्रहरी प्रशासन मूकदर्शक थियो । उनी अझ कड्कँदै भन्दै थिए – “साथी हाे, १२ हजार नेपालीको ज्यान लिने मानिस राजाहरु हुन् । मैले त केवल ५ हजारको मात्र बली चढाएको हो, त्यसको जिम्मेवारी म लिन्छु ।”

पाँच हजार मानिसको ज्यान लिएको सगर्व बताउने प्रचण्ड अहिले सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष छन् । उनले यस्तो उद्घोष गर्न मिल्छ की मिल्दैन ? त्यसको नैतिक र कानूनी हैसियत के हुन्छ ? देशका कानूनवेत्ताहरुले अवश्य पनि बताउलान् ।

त्यही दोष भएका कारण आज राजा साधारण नागरिकमा रुपान्तरण भइसके । उनको राजपाठ अब रहेन । किनभने उनले नेपाली जनताको संहार गरेका थिए । तर त्यही दोष स्वीकार्ने प्रचण्ड चाहिं आज मुलुुक चलाउने हैसियतमा पुगेका छन् । पाँच हजार मात्रै सही उनले नेपाली जनताका छोरा मारेकै हुन् ।

तर सामान्य मानिसका लागि भने प्रचण्ड ज्यानमारा नै हुन् । आफैंले पाँच-पाँच हजारको ज्यान लिएको अभिव्यक्ति दिने प्रचण्डलाई कानूनी दायरामा ल्याउनु पर्ने हो । उनको तर्क थियो – १२ हजारको ज्यान लिने राजा चाहिं दोषी नहुने पाँच हजार मान्छे मार्ने मलाई चाहिं सबै दोष थोपार्ने ?

तर प्रचण्डले एउटा कुरा बिर्सिएको लाग्यो, त्यो के भने त्यही दोष भएका कारण आज राजा साधारण नागरिकमा रुपान्तरण भइसके । उनको राजपाठ अब रहेन । किनभने उनले नेपाली जनताको संहार गरेका थिए । तर त्यही दोष स्वीकार्ने प्रचण्ड चाहिं आज मुलुुक चलाउने हैसियतमा पुगेका छन् । पाँच हजार मात्रै सही उनले नेपाली जनताका छोरा मारेकै हुन् ।

एउटै अपराध गर्ने कोही दण्डित हुनुपर्ने कोही पुरष्कृत, यो दोहोरो मापदण्ड प्राकृतिक न्यायका हिसाबले पनि न्यायोचित हुन सक्दैन । प्रचण्डकै भनाई मान्ने हो भने पाँच हजार मानिस मार्ने उनी दुई दुई पटक प्रधानमन्त्री बन्न पाउने भन्ने कुन सिद्धान्त र नियम संगत हो ? त्यसको जवाफ चाहिं उनले दिनु पर्छ की पर्दैन ? यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने प्रचण्डलाई केपी ओली नेतृत्वको सरकारले कुन व्यवहार गर्ला ? त्यसको जवाफ चाहिं सरकारले दिनुपर्छ ।

सोही कार्यक्रममा प्रचण्डले कैलालीको टीकापुरमा नौ महिने दूधे बालक र प्रहरी अधिकारीसहित नौ जनाका हत्यारा भनी अदालतले दोषी ठहर गरिसकेका रेशमलाल चौधरीलाई अब जेलमुक्त गर्ने हुँकार गरे । न्यायालयले दोषी ठहर गरी कैद भुक्तान गरिरहेका चौधरीलार्ई जेलमुक्त गर्ने भनि घोषणा गर्ने हैसियत उनले कसरी प्राप्त गरे ? या त ओलीको सन्देश उनले सुनाएको हुनुप¥यो वा प्रचण्डको मनस्थिति खल्बलिएको बुझ्नु प¥यो ।

त्यसैको पूर्वाभ्यासका रुपमा ओली र प्रचण्डले यस्ता गतिविधि अघि बढाएको हो भने मुलुकमा फेरि अर्काे रक्तपात मच्चिने छ । त्यस्तो अवस्था आयो भने यो मुलुकबाट ओली प्रचण्ड प्रवृत्तिको सफाया मात्र होइन, कम्युनिष्ट विचारधाराले समेत विश्राम लिनुपर्ने हुनसक्छ ।

रेशमलाई मुक्त गर्ने पक्षमा ओली सरकार हुनसक्छ । किनभने दुई तिहाईको उनको भोक राष्ट्रिय जनता पार्टी राजपाको समर्थनमा मात्र अहिलेलाई संभव देखिन्छ । उपेन्द्र यादवको समाजवादी फोरमलाई सत्ताबाट घोक्रेठ्याक लगाएपछि सरकार दुई तिहाईको हैसियतमा रहेन । तर ओलीलाई भने दुई तिहाईको उन्मादले बशिभूत बनाएको छ ।

त्यसैले राजपासँगको सहकार्य फष्टाएको छ । अब राजपालाई सरकारमा सहभागी गराउन ओली इच्छुक भएको बुझिन्छ । तर राजपाले त्यसका लागि रेशमको रिहाईलाई पहिलो शर्त बनाएको छ । ओलीको दुई तिहाईको चाहना पूरा गर्न भएपनि न्यायालयले हत्यारा भनी प्रमाणित गरिसकेको व्यक्तिलाई थुनामुक्त गर्ने प्रपञ्च रचेको हुन सक्छ ।

जे भएपनि प्रचण्डले त्यो हैसियत राख्दैनन्, न ओली नै सार्वभौम अधिकार सम्पन्न व्यक्ति हुन् । तर ओलीले त्यस्तो अभिव्यक्ति दिईसकेको अवस्था नरहेकाले अनुमान गर्न मात्र सकिन्छ । प्रचण्ड भने यस्ता संवेदनशील विषयमा जथाभावी बोल्दै हिंड्न थालेपछि मुलुकको न्याय प्रशासन निरीह बन्ने अवस्था आउने छ ।

कम्युनिष्ट शासन पद्धतिमा व्यक्ति नै सर्वेसर्वा हुने प्रवृत्ति स्थापित छ , त्यसैको पूर्वाभ्यासका रुपमा ओली र प्रचण्डले यस्ता गतिविधि अघि बढाएको हो भने मुलुकमा फेरि अर्काे रक्तपात मच्चिने छ । त्यस्तो अवस्था आयो भने यो मुलुकबाट ओली प्रचण्ड प्रवृत्तिको सफाया मात्र होइन, कम्युनिष्ट विचारधाराले समेत विश्राम लिनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ४ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ५ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ८ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी १२ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा ९ घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ५ घण्टा पहिले
युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो ६ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ४ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ५ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ १० घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ८ घण्टा पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? ७ दिन पहिले
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र ७ दिन पहिले
अध्ययन भन्छ, कम यौनसम्पर्क गर्नेको चाँडै महिनावारी रोकिन्छ ! अध्ययन भन्छ, कम यौनसम्पर्क गर्नेको चाँडै महिनावारी रोकिन्छ ! ९ महिना पहिले
बोली व्यवहारमा नम्रता-शिष्टता र कानूनको उल्लघंन नगर्न निर्देशन बोली व्यवहारमा नम्रता-शिष्टता र कानूनको उल्लघंन नगर्न निर्देशन ८ महिना पहिले
बाजुरामा चार रेक्टरको भूकम्प, स्थानीयवासी त्रसित बाजुरामा चार रेक्टरको भूकम्प, स्थानीयवासी त्रसित ८ महिना पहिले
गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै ९ महिना पहिले
जनतालाई धम्क्याउने र तर्साउने अभियानमा सरकार जनतालाई धम्क्याउने र तर्साउने अभियानमा सरकार ९ महिना पहिले
बेरुजु फर्छ्‍यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट,आईजीपीले पाए १० हजार रुपैयाँसहित प्रशंसापत्र बेरुजु फर्छ्‍यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट,आईजीपीले पाए १० हजार रुपैयाँसहित प्रशंसापत्र ९ महिना पहिले
कोरोना भाइरसकाे महामारी : मृत्यु हुनेको संख्या २५ पुग्यो ! कोरोना भाइरसकाे महामारी : मृत्यु हुनेको संख्या २५ पुग्यो ! ८ महिना पहिले
एमसीसीमा सरकार र नेताहरु सती नजाउन् एमसीसीमा सरकार र नेताहरु सती नजाउन् ८ महिना पहिले