ओली प्रचण्ड बालुवाटारमा आमने-सामने
नेपालबहस संवाददाता
माघ २, २०७६ बिहिबार २०:३४:५६
२ माघ, काठमाडौं । सभामुख चयनका सन्दर्भमा विवाद चर्किएपछि विगत पाँच दिनदेखि सम्वादहिनतामा रहेका सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आज विहान प्रचण्डलाई भेट गर्न बोलाएका थिए ।
प्रचण्ड निकट स्रोत भन्छ– प्रधानमन्त्रीले नै संवाद गर्न नचाहेकाले प्रचण्ड कम्रेड पनि चूप लाग्नु भएको थियो । आज भने सभामुखका विषयमा केही प्रगति हुने विश्वास ती नेताले व्यक्त गरे । स्वभाविक रुपमा सभामुख पूर्वमाओवादी पक्षले पाउने हो, त्यसमा दायाँबायाँ हुन सक्दैन – उनले भने बरु पात्रका विषयमा भने हामी लचकदार छौं ।
तर बालुवाटार स्रोत चाहिं प्रचण्डकै चाहनामा आज भेटवार्ताको टुंगो गरिएको हो । अहिले दुबै अध्यक्षबीच छलफल चलिरहेको छ – महासचिव विष्णु पौडेल पनि छलफलमा रहेको स्रोतले बताएको छ । प्रचण्डले नै सभामुखमा विवाद खडा गरेको बुझाई बालुवाटारको रहेको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी ग्रहण गर्दा नै प्रधानमन्त्रीले प्रचण्डलाई आफूलाई सरकार चलाउन सजिलो बनाई दिन आग्रह गर्दै सुभाषचन्द्र नेम्बाङको नाममा सहमति जनाई सकेका थिए – स्रोत भन्छ अचानक कसरी फेरि यो विषयमा विवाद खडा गरियो ,त्यो प्रचण्डले नै जान्ने कुरा हो ।
आजको छलफल मूलतः सभामुखकै सन्दर्भमा केन्द्रित रहने जानकारी स्रोतले दिएको छ । साथै अमेरिकी सहयोगका रुपमा चर्चित मिलेनियम च्यालेञ्ज कर्पाेरेशन ‘एमसीसी’का सन्दर्भमा समेत प्रधानमन्त्रीले प्रचण्डको धारणा प्रष्ट गर्न माग गर्ने बताइएको छ ।
गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमै बसेको पार्टी सचिवालय बैठकले उपसभामुखबाट शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन दिइएको थियो । उक्त निर्णयप्रति ओलीको असहमति रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
धनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार