ओलीसँगको वार्ता सकारात्मक : प्रचण्ड
Advertisement

२ माघ, काठमाडौं । पाँच दिनदेखिको संवादहिनता अन्त्य गर्दै आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै सहमति जुट्न सकेन ।

तर आईसब्रेक चाहिं भयो – प्रचण्ड निकट एक नेताले भने – प्रधानमन्त्री ओली अब निकास दिन सकारात्मक देखिएका छन् । प्रधानमन्त्रीसँगको वार्ता लगत्तै आफ्नै निवास खुमलटार फर्किएका अध्यक्ष प्रचण्डले ओलीसँगको वार्ता फलदायी रहेको बताए ।

तर ठ्याक्कै कुनै सहमति नै जुटेको चाहिं छैन, भरे भोलिसम्म निकास आउने छ – प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भनेको छ ।

Advertisement

आजको छलफलमा प्रधानमन्त्री ओलीले अब समस्यालाई त्यसै छाड्ने हैन ,बरु निकास दिनै पर्छ भनेको कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन् । सामान्य कुरा भएका छन् , भोलि पर्सिसम्ममा नेकपाले निकास दिने अपेक्षा गर्न सकिने पनि उनले सञ्चारकर्मीहरुलाई बताएका छन् ।

र याे पनि....ओली प्रचण्ड बालुवाटारमा आमने-सामने

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्