वर्षाका कारण मच्छिन्द्र र शेर्पाबीचकाे खेल सारियाे
नेपालबहस संवाददाता
माघ ३, २०७६ शुक्रबार १७:४१:९
३ माघ काठमाडौं । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ ।
आज पहिलो दिन एउटा मात्रै खेल हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ ले जनाएको छ । दिउँसो ३ बजेपछि सातदोबाटोको एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानको मच्छिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै छ ।
यसअघि यी दुईबीचको खेलमा दशरथ रङ्गशालामा हुने तय भएको थियो । लगातार वर्षाका कारण खेल मैदान नै सार्नु परेको एन्फाले जनाएको छ । मच्छिन्द्र आजको खेल जित्दै तालिकामा अग्रता बढाउने प्रयासमा हुनेछ भने शेर्पा पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अङ्क बटुल्ने प्रयासमा हुने छ ।
मच्छिन्द्रले जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ खेलमध्ये २ खेलमा हार र चार खेलमा बराबरी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
डेम्बेले र एम्बाप्पेको गोलमा पिएसजी विजयी
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार