दक्षिण अफ्रिकामा चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न आवश्यक
नेपालबहस संवाददाता
माघ ३, २०७६ शुक्रबार १८:२९:८
३ माघ एजेन्सी । दक्षिण अफ्रिकामा खडेरी र बाढीका कारण आर्थिक गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसङ्घले बिहीबार जनाएको छ । “भोकमरीको यो सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढ्दो अवस्थामा रहेको छ,” विश्व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक लोला क्यास्ट्रोले बताए ।
राष्ट्रसङ्घीय उक्त संस्थाले बताएअनुसार दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि एक्कासी परेको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनपेक्षित क्षति पुग्दा यहाँका नागरिकले आफ्ना बहुमूल्य सम्पत्तिलाई बेचेर खाद्यान्न व्यवस्थापन गर्नुपरेको वास्तविकता रहेको छ । खाद्यान्न अभावका कारण महङ्गो खाद्यान्नको जोहो गर्नुपर्दा देखिएको गरिबीका कारण बालबालिकाले विद्यालयको शुल्क तिर्न नसक्दा विद्यालयबाट बाहिरिएका घटना र आधा पेट खाने वा खाना नै नखाने अवस्था धेरै अफ्रिकी नागरिकको दैनिकी रहेको पनि क्यास्ट्रोले बताए ।
क्यास्ट्रोले भने, “अफ्रिकालाई खाद्यान्न व्यवस्थापनका लागि सन् २०२० मा करिब चार करोड ८९ लाख अमेरिकी डलर आवश्यक पर्ने तर संस्थासँग यसको आधा पनि बजेट नभएकोले अन्तर्राष्ट्रिय समुदायले समयमै सोच्नुपर्ने देखिएको छ ।”दक्षिण अफ्रिकामा विश्वका अन्य मुलुकको तुलनामा तापक्रम दोब्बर बढेको र यहाँका जनताले विगत ३५ वर्ष यता सबैभन्दा खराब खाद्यान्न सङ्कटको सामना गर्नुपरेको राष्ट्रसङ्घले जनाएको छ ।
निम्न आर्थिक वृद्धि, बढ्दो जनसङ्ख्या दर, खडेरी र बाढीको प्रभाव नै खराब खाद्य सङ्कटको कारक भएको क्यास्ट्रोले बताए । खासगरी इस्वाटिनी, लेसोथो, मदागास्कर, मालावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बावेलगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा नागरिकले अत्यधिक खाद्यान्न सङ्कटको सामना गरिरहेका राष्ट्रसङ्घले जनाएको छ ।
जिम्बावेका आधा जनसङ्ख्या अर्थात् एक करोड ५० लाख नागरिकले चरम खाद्य सङ्कट झेलिरहेको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । जिम्बावेमा खडेरीका कारण गत वर्ष तीन महिनाको समयमा करिब २०० हात्ती खानाको अभावमा मरेका थिए भने अन्य जनावरले पनि यसको पीडा भोग्नुपरेको थियो ।
लेसोथोमा २० प्रतिशत, नामिबियामा १० प्रतिशत नागरिकले खाद्यान्न अभाबको सामना गरेका छन् । त्यस्तै रेडक्रसले दिएको तथ्याङ्कमा जाम्बियामा करिब २३ लाख नागरिकमा खाद्यान्न असुरक्षा रहेको छ । जाम्बियालाई अफ्रिकाको खाद्यान्न भन्डार भनिने गरे पनि खडेरीका कारण पानीका स्रोतहरू सुक्दा यहाँको कृषि उत्पादनमा ह्रास आएको छ ।
मौसमविद्हरूले यस क्षेत्रमा यस वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन् । यसैबीच विश्व खाद्य कार्यक्रमले यस वर्ष अफ्रिकामा खाद्य असुरक्षाको पीडामा रहेका ८३ लाख जनसङ्ख्यालाई खाद्यान्न सहयोग वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।
बाँकी समस्यासँग जुध्न कार्यक्रमले विश्व समुदायको ध्यानाकर्षण गरेको छ । युरोपेली सङ्घले दुई करोड २८ लाख मानवीय सहायताको राहत कार्यक्रममार्फत यस क्षेत्रमा काम गरिरहेको बिहीबार जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार