देशैभर बदलीसँगै वर्षा, शनिबारदेखि मौसममा सुधार आउने
नेपालबहस संवाददाता
माघ ३, २०७६ शुक्रबार १९:२३:४
३ माघ काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । उक्त मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । शनिबारदेखि मौसममा क्रमिक सुधार आउने उनको भनाइ छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी युक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमताको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । उपत्यकामा अहिले पनि वर्षा भइरहेको छ । वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षातसँगै मौसम बदलीका कारण आज काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । नेपालको पश्चिमी मध्य भूभागमा र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङ्मा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा आठ, धनगढी र दिपायलमा समान सात मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम १४ दशमलव नौ मिलिमिटर वर्षा भएको छ ।
यसैबीच महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर आज देशभार सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेको छ ।
रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति पनि सोही मौसमी प्रक्रिया रहने जनाइएको छ । आइतबार देशका पहाडी भूभागमा आंशिक बदली भई पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार