चिसोले विद्यालय र सरकारी कार्यालय प्रभावित
नेपालबहस संवाददाता
माघ ३, २०७६ शुक्रबार १९:३७:४१
३ माघ जाजरकोट । जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयकाे निरन्तर तीन दिनदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण काम प्रभावित भएको छ ।
सरकारी कार्यालयको सेवासमेत चिसोका कारण प्रभावकारी रुपमा दिन नसकिएको स्थानीय सरकारका प्रमुखले बताएका छन् । यहाँका सात स्थानीय तह र रुकुम पश्चिमका सबै स्थानीय तहको काम प्रभावकारी बन्न सकेको छैन । जिल्लाका सयभन्दा बढी सामुदायिक विद्यालय, एक दर्जन निजी विद्यालय, सदरमुकाममा रहेका दर्जन कार्यालयमा चिसोले सेवा प्रवाहमा समस्या भएको हो ।
जाजरकोट–डोल्पा सडकखण्डभित्र सञ्चालनमा रहेका सबै यातायातका साधन अविरल वर्षाका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै सातै स्थानीय तहमा जाने र आउने यातायातका साधन प्रभावित भएका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । जाजरकोटदेखि नेपालगञ्ज तथा सुर्खेत जाने यातायातका साधन भने सञ्चालनमा रहका उनले बताए ।
भारी हिमपात र चिसोका कारण ग्रामीण क्षेत्र तथा सदरमुकाममा दाउराको माग बढेको छ । नलगाड नगरपालिका–८ स्थित पंञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले चिसोले पशुचौपाया जङ्गल लैजान नसकेका र वृद्ध, बालबालिका बढी प्रभावित भएका बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार