‘ए’ डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित
Advertisement

३ माघ काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा लिगको शीर्ष स्थानमा रहेको मछिन्द्र क्लब पराजित भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ कम्प्लेक्समा भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोलले हारेको हो ।

लिगमा मछिन्द्रको पहिलो हार तथा हिमालयनको पहिलो जित हो । हिमालयन शेर्पाले खेलको पहिलो मिनेटमा नै गोलको अग्रता लिएको थियो । मछिन्द्रका पिटर सेगुनले बल आफ्ना गोलकिपरलाई पास दिन खोज्दा आत्मघाती गोल भएको हो ।मछिन्द्रका लागि अर्को गोल खेलको २०औँ मिनेटमा विजय श्रेष्ठले गरेका हुन्छन् । उनले निरज बस्नेतको फ्रि किकमा हेडमार्फत गोल गरेका हुन् । श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । लिगको सातौँ चरणको खेल आजदेखि शुरु भएको हो ।

वर्षाले दशरथ रङ्गशाला हिलाम्य भएपछि खेल एन्फा कम्प्लेक्समा सार्नुपरेको हो । हिमालयनले सात खेलमा एउटामा जित, दुईमा हार तथा चारमा बराबरी खेल्दै सात अङ्क बटुलेको छ । हिमालयन लिगको १०औँ स्थानमा छ । यस्तै मछिन्द्र सात खेलमा चारमा जित, एकमा हार तथा दुई खेलमा बराबरी खेल्दै १३ अङ्कसहित लिगको दोस्रो स्थानमा छ ।

Advertisement
Advertisement
अघिल्लो लेखपेट्रोलियम पदार्थको मूल्य यथावत्
अर्को लेखसुनको मूल्य स्थिर छैन बजारमा चहलपहल
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्