सुनको मूल्य स्थिर छैन बजारमा चहलपहल
नेपालबहस संवाददाता
माघ ४, २०७६ शनिबार १४:५२:२२
४ माघ काठमाडौं । यो साता सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो महिना अमेरिका र इरानबीचको द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली बजारमा पनि अघिल्लो साताभर दिनहुँ सुनले नयाँ रेकर्ड कायम गरेको थियो ।
यो साता भने मूल्यमा केही स्थिरता आएको छ । साताको पहिलो पुस २७ गते छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार रुपियाँ पुगेको छ भने तेजाबी सुनको मूल्य ७४ हजार सात सय रुपियाँ पुगेको छ । सोमबार उक्त मूल्यमा प्रतितोला दुई सय रुपियाँले कमी आएको थियो भने मङ्गलबार प्रतितोला एक हजार रुपियाँले कमी आएर ७४ हजार रुपियाँ प्रतितोलामा कायम हुन पुगेको थियो ।
विवाहलगायत विभिन्न शुभकार्य सुरु हुने महिना माघ लागेपछि सुनको मूल्य क्रमशः बढ्न थालेको छ । माघको पहिलो दिन पहिलो र दोस्रो दिन ७४ हजार सात रुपियाँमा कारोबार भएको थियो । शुक्रबार यो मूल्यमा वृद्धि भएर ७४ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनसँगै सेतो धातु चाँदीको पनि मूल्य वृद्धि भएको छ । माघको पहिलो दुई दिन ८८५ रुपियाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्यमा पाँच रुपियाँले वृद्धि भएर ८९० रुपियाँमा कायम भएको छ ।
यो साता डलरको तुलनामा भारतीय मुद्रा केही बलियो भएकाले सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले बताए । शुभसाइतका सिजन शुरु भइसके पनि नेपाली सुन बजारमा चहलपहल भने हुनसकेको छैन । ग्राहक अझै केही दिन हेरौँ र पर्खौं भन्ने मानसिकतामा रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार