प्रहरी र आस्था राउत मेरो चस्माबाट
नेपालबहस संवाददाता
माघ ४, २०७६ शनिबार २०:५५:५७
४ माघ, काठमाडौं । सबै व्यवसायमा अझ विशेषत पर्यटन व्यवसायमा ग्राह्कले रिसाएर चर्कोचर्को स्वरमा तथानाम गाली गलौज गरेमा,अभद्र व्यवहार गरि गुनासो आदि गरेमा ( complain ) ग्राहकले हात नहालेसम्म, हामी व्यवसायीलाई मनमा जतिसुकै रिस उठे पनि, ग्राहकले महशुस गर्ने गरि, न अनुहारमा न शब्दमा रिसाउने अधिकार रहन्छ ।
आफ्नो गल्ती छैन भन्ने लाग्दालाग्दै पनि Sorry Sir , Sorry Madam Sorry भन्नुलाई हामी गौरव र संस्कार मान्छौं । तर ग्राहकले जो सुकेैको गल्ती होस वा नहोस व्यवसायीलाई हातेै हाल्यो भने व्यवसायीले पक्कै प्रतिरक्षा गर्छ तर हाते आक्रमणको उस्तै प्रतिक्रिया दिनु हुन्देैन, यो आदर्श र यथार्थ हो , निश्चय पनि आजको कलियुगमा व्यवहारिकता गाह्रो छ ।
यदि तपाईलाई कुकुरले टोक्यो भने के तपाई कुकुरलाई टोक्नु हुन्छ ?
तसर्थ कोही पनि प्रहरीले जनतासँग बोल्दा र जानकारी गराउदा, शान्ति सुरक्षा प्रदान गर्दा वा जेसुकै गर्दा होस, अपवाद बाहेक प्रहरीले अनिवार्य पैसा नपर्ने रपसिना बगाउनु नपर्ने तथा धेरै पढेको हुनु नपर्नेले समेत आदरपुर्वक, पुर्णसम्मान शब्दमा नेै निस्संदेह व्यवहार र कर्तव्य निर्बाह गर्नै पर्छ ।
जनता वा कलाकार जो सुकैलाई होस् प्रथम कर्तव्य र जिम्मेवारीको भुमिका प्रहरीको नै हो र हुनुपर्छ । जनता वा कलाकारले जानेर वा नजानेर वा आवेशमा बोलेर गरेको व्यवहार हात नहालेसम्म वा गेैर कानुनी नभएसम्म अपवाद बाहेक, प्रहरीले म प्रहरी हुँ भन्ने बिर्सनु, म सेवामा छु भन्ने भाव हराउनु वा मानवीय कमजोरी रही वा नरही धेरै वा थोरै प्रतिक्रियात्मक व्यवहार जनतालाई जस्तालाई त्यस्तै हुने गरि वा केही अपमान लाग्ने गरि पक्कै गर्नु हुन्न, यो उच्चतम भरोसा प्रहरी प्रति जनताले राक्छ नेै ।
के तपाईको बच्चाले गल्ती गर्यो ,रिसायो भने के तपाई उसलाई सम्झाउने प्रयास गर्नु हुन्छ कि बच्चाले जस्तै अपमानजनक व्यवहार गर्नुहुन्छ ?
सरसर्ती CCTV फुटेज हेर्दा एकजना महिला कलाकारले प्रहरीलाई जानेर नजानेर अलि हतार हतारमा जान खोजे जस्तो देखिन्छ वा हतारमा रहँदा ज्याकेट खोल्न लगाएको रन्को रहेको…. त्यसपछि प्रहरीले पनि अलि झर्केर बोले जस्तो व्यबहार गरेको होकि भन्ने लाग्छ, दुबैपक्षमा अलि आफ्नो जिम्मेवारीमा भन्दा रवाफमा अलि मेहनत देखिन्छ ।
तथापि प्रहरीको निकायले गरेको अनुसन्धात्मक सुरुवातलाई सकारात्मक लिनुपर्छ र कलाकारलाई ठिक भन्न नसकिए पनि बेठिकै गरिन् भन्ने चाहिँ लागेन । अनुसन्धान गर्ने नेै हो भने दुबै जनालाई हुनुपर्छ भन्दा अतुसयोक्ती नहोला । के पुलिसले गल्ती नै गर्दैनन ? के पुलिसले जानेर वा नजानेर गरेको गल्तीको अनुसन्धान गर्न आवश्यक छैन ?
प्राय जसो हुने मापसे चेक जाँचमा प्रहरीले सम्मानपुर्वक सर नमस्कार भनी मापसे चेक जाँच गरेको अनुभव पनि प्रशस्तै पाइन्छ, त्यसबखत लाग्छ, प्रहरी हाम्रै मित्र हो र प्राय प्रहरीको व्यवहार अधिकारउन्मुक्त रहि झर्केर, ठाडो भाषामा बोल्नुलाई सामान्य मान्छ्न् ।
जनताले गल्ती गर्छन् ,अनुसन्धान हुनुपर्छ र गल्ती भए कार्बाही हुनुपर्छ र भएकै छ, अनि समाज रुपान्तरण हुन्छ र भएको पनि छ । कतै अनुसन्धान एकोहोरो बच्चालाई मात्रै हुदाँ जनताले छोरी कुटेर बुहारी तर्साउन खोजेको त भन्दैनन ?
तपाईले व्यहोर्नु भएकै होला, पञ्चायतकाल ताकाका प्रहरीको बोली व्यबहार र प्रजातन्त्र पछिको पुलिसको व्यवहारमा धेरै सकारात्मक रूपान्तरण भएको छ अपबाद बाहेक । प्रहरीको लागि जनता हुन कि, जनताका लागि प्रहरी हुन स्पष्ट हुनुपर्छ ।
अन्त्यमा,
जनता आशा, भरोसा र पुर्ण बिश्वास गर्छ कि प्रहरी हाम्रो रक्षक हो, प्रहरी हाम्रो साथी हो र प्रहरी हाम्रो अभिभावक पनि ।नोट म आस्था रावत कलाकारलाई चिन्दिन । मेरो लेखाई र बुझाईमा अर्थको अनर्थ भए क्षमा चाहन्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार