अन्नपूर्ण आधार शिविरमा ११ अझै बेपत्ता, खोजी जारी
नेपालबहस संवाददाता
माघ ४, २०७६ आइतबार २:४८:५३
हरि बास्तोला र कृष्ण दवाडी / रासस
४ माघ पोखरा । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका एक सयभन्दा बढी पर्यटकलाई उद्धार गर्नेक्रम जारी रहेको जानकारी दिए ।
प्रभु, सिम्रिक र डाइनाष्टिक कम्पनीका तीन वटा हेलिकप्टर मार्फत् अलपत्र परेका स्वदेशी तथा विदेशी पर्यटकलाई उद्धार गरिएको उनले बताए। उद्धार गरिएका मध्ये ३० जनालाई पोखरा, छुमरुङ ल्याइएको जनाइएको छ । स्थलगत रुपमा प्रहरी, स्थानीय जनता र टानको टोली उद्धारमा जारी रहेको छ । सो क्षेत्रमा पाँचदेखि सात फिटसम्म हिउँ परेको कारण कतिपय पर्यटक अलपत्र परेको हुन सक्ने टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए। अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भएको छ ।
त्यसैगरी अन्नपूर्ण पदयात्रामा गएका चार जना चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन् । मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोस्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका पर्यटकहरुले आजसम्म थोरङ्ला पार नगरेको तथा सम्पर्कमा नआएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।
हराएका पर्यटकमा दुई महिला र दुई पुरुष छन् । ह्वाङ इहिन ‘राहदानी नं इजी ११२९६२’ र छाथ स्थाउ थिङ ‘राहदानी नं इओ ५२५६४८०’ छन् । दुई जना पुरुषमा मा क्वायन्ली ‘राहदानी नं इसी ३४६७१०’ र एनबड जाड ‘राहदानी नं इ ६६८७००५’ रहेका छन् ।
अन्नपूर्ण संरक्षण कार्यालयबाट घटनाको बारेमा जानकारी प्राप्त हुने वित्तिकै हुन्दे प्रहरी चौकीबाट प्रहरी टोली खटिइ हराएका पर्यटकको बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । केही दिनदेखि लगातारको वर्षा तथा हिमपातका कारण पदयात्रामा जाने पर्यटकले सास्ती पाउँदै आएका छन् । विश्व चर्चित अन्नपूर्ण पदयात्राको क्रममा मनाङबाट थोरङ्ला पार गरेर पर्यटक मुस्ताङ हुँदै पोखरा भित्रिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार