राजकीय जिम्मेवारीबाट मुक्त भए ह्यारी
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १३:४५:५३
५ माघ काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि हिजरहर रोयल हाइनेस ‘एचआरएच’ सम्बोधन प्रयोग नगर्ने भएका छन् । यस्तै राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने बेलायती राजदरबार बकिङ्गहम प्यालेसले जानकारी दिएको छ । यस्तै ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् ।
द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ । फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ । यो वर्षको बसन्तमा भएको प्रयासपछि नयाँ व्यवस्थापन निस्किएको राजदरबारले जनाएको छ ।
गएको सोमबार बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको यो वक्तव्य आएको हो । सोमबारको भेटमा महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स ‘प्रिन्स अफ वेल्स’ तथा दाइ राकजुमार विललियम ‘ड्युक अफ क्याम्ब्रिज’ पनि उपस्थित थिए ।
द ड्युक एण्ड डचेज अफ ससेक्स ‘राजकुरमा ह्यारी र उनकी पत्नि मेगन’ ले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए । द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा जनवरी ८ मा गरेका हुन् । उनीहरुले वित्तिय रुपमा आत्मनिर्भर हुने गरी काम गर्ने योजना रहेको पनि उल्लेख गरेका थिए ।
महारानी एलिजाबेथले शनिबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत केही महिनादेखिको संवाद र पछिल्लो छलफलपछि हामीले मेरो नाती र उसको परिवारका लागि एकीकृत रुपमा रचनात्मक र सहयोगात्मक मार्ग फेला पारेका छौँ ।’
वक्तव्यमा भनिएको छ, ‘ह्यारी, मेगन र आर्ची जहिले पनि मेरो परिवारका अति प्रिय सदस्य रहने छन्।’ महारानीले वक्तव्यमा भनेकी छन्, ‘पछिल्लो दुई वर्षमा भएको उनीहरुमाथिको गम्भीर निगरानीबाट उनीहरुले भोग्नु परेको समस्या मैले बुझेकी छु र अधिक स्वतन्त्र जीवन बिताउने उनीहरुको चाहनालाई समर्थन गर्छु ।’
महारानीले वक्तव्यमा भनेकी छन्, ‘यो देशका लागि उनीहरुले पूर्ण लगनका साथ गरेको कामका लागि म धन्यबाद दिन चाहन्छु । र विशेष गरी मेगनप्रति मलाई गर्व छ कि उनी अति चाँडो एक परिवार बनिन् । मेरो पूरै परिवार आशा गर्छ कि आजको यो सहमतिले उनीहरुलाई खुशी र शान्तिपूर्ण नयाँ जीवनको निर्माणको सुरुवात गर्नेछ ।’
औपचारिक रुपमा ससेक्सले महारानीको प्रतिनिधित्व नगर्ने भए पनि उनीहरुले गर्ने सबै काम महारानीको मूल्य अनुसारकै हुने जनाइएको छ । उनीहरुले अब एचआरएच प्रयोग नगर्ने र राजपरिवारका सक्रिय सदस्य पनि नरहेको वक्तव्यमा उल्लेख छ । राजकुमार ह्यारी र मेगनका लाग सुरक्षाको व्यवस्था कस्तो गरिने छ भन्ने दरबारले खुलाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार