प्रेमिकाको हत्या गरेको स्वीकारेपछि…
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १५:१९:३
५ माघ एजेन्सी । ‘हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।’ भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले यिनै शब्दमार्फत् अपराध स्वीकार गरे।
चन्डीगढको औद्योगिक क्षेत्रमा पर्ने एउटा होटलमा धारिलो हतियारको प्रयोग गरी मनिन्दरले आफ्नी प्रेमिकाको हत्या गरेका थिए। त्यसयता उनी फरार थिए। यो घटनाभन्दा अघिको एउटा हत्यासम्बन्धी मुद्दामा मनिन्दर जमानतमा रिहा भएका थिए। प्रहरीका अनुसार सन् २०१० मा पनि उनले हरियाणामा अर्की प्रेमिकाको हत्या गरेका थिए।
टेलिभिजनका एक वरिष्ठ कर्मचारीका अनुसार प्रहरी चौकीदेखि करिब तीन किलोमिटर टाढा रहेको स्टेशनसम्म मनिन्दर आफै आइपुगेका थिए। प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा मङ्गलवार मनिन्दरले बताए अनुसार सन् २०१९ को डिसेम्बर ३० तारिखमा उनले आफ्नी प्रेमिका सरबजीत कौरको हत्या गरेका थिए।
टेलिभिजन कार्यक्रममार्फत् अपराध स्वीकार गरेको केही समयपछि उनलाई प्रहरीले पक्राउ गर्यो। ती कर्मचारीले भने, ‘कार्यालयबाहिर उभिएका हाम्रा क्यामेराम्यानलाई उनले आफूले एक महिलाको हत्या गरेको भने।’ ‘पंजाबमा रहेको आफ्ना परिवारका सदस्यलाई प्रहरीले दुःख दिने गरेकाले आफूले आत्मसमर्पण गर्न चाहेको बताए।’
मनिन्दरको कुरा सुनेपछि ती क्यामेराम्यानले सो टेलिभिजनका लागि अपराध मामिला हेर्ने संवाददातालाई बोलाए। अन्य कर्मचारीबीच छलफल भएपछि उनलाई स्टुडिओभित्र लगियो। ‘त्यही समयमा हामीले टेलिभिजन कार्यालयबाट प्रहरीलाई फोन पनि गर्यौँ,’ ती कर्मचारीले बीबीसीलाई भने।प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा मनिन्दरले आफ्नो अपराध स्वीकार गर्नासाथ स्थानीय प्रहरीले उनलाई गिरफ्तार गर्यो।
प्रहरीका अनुसार मनिन्दर केही महिनाअघि सम्म एउटा स्थानीय फर्ममा चालकका रूपमा कार्यरत थिए। उनकी प्रेमिका नर्स थिइन् र उनी चन्डीगढमै जागिरे थिइन्। प्रहरी अधिकारी नेहा यादवले बीबीसीलाई भनिन्, ‘हत्या गरिएकी सरबजीतको घाँटीको घाउ हेर्दा लाग्छ मनिन्दर खुँखार अपराधी हो।’
‘प्रचार हुने र मानिसहरूको सहानुभूति पाउने उद्देश्यले पनि टेलिभिजन लाइभ शोमा जाने भनेर उसले निधो गरेको हुन सक्छ,’ यादवले थपिन्। टेलिभिजन कार्यक्रममा हत्याबारे मनिन्दरले गरेको स्वीकारोक्तिलाई अदालतमा प्रमाणको रूपमा पेश गरिने प्रहरीले जनाएको छ।
होटलको सीसीटीभी फूटेजमा देखिए अनुसार मनिन्दर र उनकी प्रेमिकाले गत डिसेम्बर ३० तारिखका कोठा लिएका थिए। त्यही साँझ मनिन्दर होटलको कोठाबाट निस्केर गए। भोलिपल्ट होटलका कर्मचारीहरू कोठाभित्र छिर्दा सरबजीतलाई हत्या गरिएको अवस्थामा पाए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार