व्यास नगरपालिकामा कानूनी तथा मनोसामाजिक परामर्श
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १६:२३:२७
५ माघ दमौली । लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि तनहुँको व्यास नगरपालिकामा कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिएको छ । नेपाल प्रहरी र व्यास नगरपालिकाको सहकार्यमा व्यास नगरपालिकाको हाताभित्र परामर्श केन्द्र स्थापना गरिएको हो ।
केन्द्रको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिबार संयुुक्तरुपमा उद्घाटन गरे। नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत केन्द्र स्थापना गरिएको हो । बढ्दो लागुऔषधको प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्नेछ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
केन्द्रको सञ्चालन गर्न व्यास नगरपालिका र नेपाल प्रहरीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिलवाल र व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले हस्ताक्षर गरेका छन् । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लागुऔषध विश्वका लागि चुनौतीपूर्ण बन्दै गएकाले यसलाई रोक्न समुदायस्तरमा नै सचेतना जगाउनु अहिलेको आवश्यकता रहेको बताए ।
प्रहरी महानिरीक्षक खनालले लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेको सङ्ख्या घटाउन समुदाय र विद्यालयस्तरबाटै अगाडि बढ्नुपर्नेमा जोड दिए । लागुऔषध ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले दुव्र्यसनीमा फसेका नयाँ जीवन दिन केन्द्रले विज्ञहरुको उपस्थितिमा परामर्श दिने बताए ।
केन्द्र सञ्चालनका लागि व्यास नगरपालिकाले दुई वटा कोठा र परामर्शदाताका लागि पारिश्रमिक उपलब्ध गराएको छ । आगामी दिनमा उक्त परामर्श केन्द्रबाट अन्य पीडामा परेका व्यक्तिलाई समेत परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
पृथ्वीराजमार्गको ७२ किमि भाग ओगटेको तनहुँमा पनि प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता वृद्धि हुँदै गइरहेको प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७३/७४ मा २७, ०७४/७५ मा ४० र ०७५/७६ मा ७० जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको प्रहरीले जनाएको छ ।
गृहमन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा डेढ लाखदेखि दुई लाखसम्म लागुऔषध प्रयोगकर्ता रहेका छन् । नेपाल प्रहरीले तनहुँमा स्थापना गरेको केन्द्र तेस्रो हो । यसअघि वीरगञ्ज र चितवनमा परामर्श केन्द्र स्थापना भइसकेको छ ।
स्थानीय तहलाई सम्मान
शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्यसाथ प्रादुर्भाव भएको समुदाय–प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा पु¥याएको योगदानस्वरुप प्रहरी प्रधान कार्यालयले जिल्लाका स्थानीय तहलाई सम्मान गरेको छ । समुदाय–प्रहरी साझेदारीका समिति निर्माण तथा समुदाय र विद्यालय केन्द्रित कार्यक्रमको कार्यान्वयनमा लिएको अग्रसरता उदाहरणीय रहेको जनाउँदै प्रहरीले स्थानीय तहलाई प्रशंसापत्रले सम्मान गरेको हो ।
प्रहरी महानिरीक्षक खनालले व्यास नगरपालिकाका प्रमुख न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर राना, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापालाई प्रशंसापत्र प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार